अहिलेको समयमा साउथको फिल्मले बलिउड फिल्मलाई हल्लाइरहेको छ। हालै रिलिज भएका फिल्म ‘पुष्पा’ ले बक्स अफिसका सबै रेकर्ड तोडेको छ । साउथ फिल्मका कारण बलिउड फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेनन् । यही कारणले गर्दा अहिले साउथका स्टारहरु बलिउडमा आफ्नो स्थान बनाउन खोजिरहेका छन् । यसमा साउथका धेरै अभिनेत्रीहरु पनि परेका छन् । जान्नुहोस् सन २०२२ मा बलिउड अभिनेताहरूसँग ठूलो पर्दामा कुन-कुन साउथ अभिनेत्रीहरू देखिनेछन्।
सामन्था अक्किनेनी
सन २०२१ मा ओटीटी मा रिलिज भएको वेब सिरिज ‘द फैमिली म्यान २’ मा राजीको भूमिका निभाएकी अभिनेत्री सामन्था बलिउडमा निकै लोकप्रिय भइन् । यही कारण अहिले उनीसँग बलिउडका धेरै ठूला निर्देशक काम गर्न चाहन्छन् । प्राप्त जानकारी अनुसार सामन्था चाँडै तापसी पन्नुसँग अनटाइटल फिल्ममा देखिने छिन् ।
रश्मिका मण्डना
अहिलेको समयमा चर्चामा रहेको साउथ फिल्म ‘पुष्पमा’ निकै उत्कृष्ट अभिनय गरेकी अभिनेत्री रश्मिका यसै वर्ष बलिउडमा डेब्यु गर्दैछिन् । स्रोतका अनुसार अभिनेत्री बलिउड अभिनेता सिद्धार्थ मल्होत्रासँग फिल्म ‘मिशन मजनु’ मा देखिनेछिन् ।
श्रिया शरन
साउथ अभिनेत्री श्रिया शरण छिट्टै प्रकाश राजको रोमान्टिक कमेडी ड्रामामा देखिने भएकी छिन् । निर्माण पक्षले फिल्मको नाम भने सार्वजनिक गरेको छैन । रिपोर्टका अनुसार यस फिल्ममा नाना पाटेकर र तापसी पन्नु पनि मुख्य भूमिकामा देखिनेछन् ।
प्रियमणी
साउथ फिल्म क्षेत्रको चर्चित अभिनेत्री प्रियमणीले ओटीटी वेबसिरिज ‘द फ्यामिली म्यान’ मा सुचीको भूमिका निर्वाह गरेकी थिइन् । अभिनेत्री प्रियमणी छिट्टै बलिउड अभिनेता तथा निर्माता अजय देवगनको फिल्म ‘मैदान’ मा अभिनय गर्दै छिन् ।
नयनतारा
साउथ फिल्म क्षेत्रको चर्चित अभिनेत्री नयनतारा पनि बलिउडमा डेब्यु गर्दैछिन् । उनी शाहरुख खानको अपोजिटमा निर्देशक एटलीको अनटाइटल फिल्ममा मुख्य भूमिकामा देखिनेछिन् ।