एजेन्सी : बलिउड अभिनेत्रीका बारेमा मानिसहरुका मनमा अनेकखाले अनुमानहरु हुन्छन्। धेरै मानिसहरुलाई लाग्छ कि अभिनेत्रीहरु धेरै पढे-लेखेका हुन्छन्। तर आज हामी तपाईलाई केही कम शिक्षित अभिनेत्रीहरुका बारेमा बताउँछौँ, जसले कलेजको मुखसमेत देखेका छैनन्।
आलिया भट्टले डेब्यु गर्नेबित्तिकै छोडिन् पढाइ
थुप्रै हिट फिल्महरुमा देखिएकी अभिनेत्री आलिया भट्टले धेरै पढे-लेखेकी छैनन्। फिल्म ‘स्टुडेन्ट अफ द ईयर’ बाट चलचित्रको दुनियाँमा कदम राखेकी आलियाले स्कुलपछि नै फिल्मी करियरमा पाइला राखिन्। लगातार चलचित्रहरुको प्रस्ताव आउन थालेपछि आलियाले १२ पछि पढाई छोडिन्।
सोनम कपुरले ग्राजुयसन बीचैमा छोडिन्
भारतको मुम्बईको आर्य विद्या मन्दिरबाट १२ सम्म पढेपछि सोनम कपूरले ग्राजुयसनको लागि कलेजमा भर्ना त गरिन् तर पढाई बीचमै छोडेर फिल्मी यात्रा सुरु गरिन्। एक अन्तर्वार्तामा सोनमले भनेकी थिइन्, ‘मैले १२ कक्षाको पढाई बीचैमा छाडेर अभिनेत्री भए किनकी म चार वर्षसम्म पर्खिन् सक्दिन्थे।’
कंगना रनौत १२ कक्षा पास हुन सकिनन्
बलिउड क्वीन मानिने कंगनाले आफ्नो जीवनमा धेरै उतारचढाव भोगेकी-देखेकी छिन्। कंगनाले १२ कक्षा पास गर्न सकिनन्, तर पनि कंगना बलिउडको सबैभन्दा महँगो अभिनेत्रीमध्ये एक हुन्।
अनन्या पाण्डेले अभिनयको लागि छाडेकी थिइन् पढाइ
अनन्या पाण्डे अहिलेको समयकी उदाउँदो स्टार हुन्। सानो उमेरमै उनको फ्यान फलोइङ धेरै राम्रो छ। अनन्या पाण्डेले १२ कक्षा मात्र उतीर्ण गरेकी छिन्। त्यसपछि उनले आफ्नो पूरा ध्यान अभिनयमा लगाईन्।
राखी सावन्तले आफूलाई बताएकी थिईन् अनपढ
कन्ट्रोभर्सी क्वीन भनेर चिनिने राखी सावन्तको वास्तविक नाम नीरू भेदा हो। राखीले कलेजसम्म अध्ययन गरेकी छिन्। यद्यपि राखी सावन्तले मुम्बई उत्तर-पश्चिम लोकसभा सिटबाट स्वतन्त्र उम्मेद्वारको रूपमा चुनाव लडेकी थिईन्, जसमा उनले आफ्नो शैक्षिक योग्यता अनपढ भएको बताएकी थिईन्।