काठमाडौँ : शनि र सूर्य अत्यन्तै महत्वपूर्ण ग्रहहरु हुन्। यदि कुण्डलीमा यी मध्ये कुनै एक ग्रह अशुभ भएमा व्यक्ति समस्यामा पर्न सक्छन्। अर्कोतिर ज्योतिष शास्त्रमा शनि र सूर्यलाई एक-अर्कालाई शत्रु मानिन्छ। यस्तो अवस्थामा जब यी ग्रहहरु आमने-सामने हुन्छन् तब स्थिति गम्भीर हुन्छ। १० दिनपछि यस्तै अवस्था बन्ने छ।
आउँदो पौष ३० गते(१४ जनवरी २०२२) सूर्य मकर राशिमा प्रवेश गर्दैछ। जबकि शनि यस राशिमा पहिले देखि नै अवस्थित छ। आउँदो फागुन १ गते(१३ फेब्रुअरी) सम्म यी दुवै ग्रहले मकर राशिमा योग बनाउनेछ र ५ राशिमा सबैभन्दा बढी असर पार्नेछ। यद्यपि यो प्रभाव यी जातकको लागि शुभ साबित हुनेछ।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
मेष राशिका जातकहरुलाई शनि-सूर्यको योगले धेरै लाभ दिनेछ। करियरमा प्रगति गर्नुहुनेछ। पदोन्नति-वृद्धिको प्रबल सम्भावना छ। धन लाभ हुनेछ। मान-सम्मान पनि पाउनुहुनेछ। यस समयावधिमा स्वास्थ्य पनि राम्रो रहनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
यो एक महिनाको अवधिमा सिंह राशिका व्यक्तिहरुले हरेक काममा सफलता पाउनेछन्। समाजमा राम्रो मान-सम्मान पनि पाउनेछन्। धन लाभ हुनेछ, जसले आर्थिक स्थिति मजबूत बनाउनेछ। पुरानो उधारो या सापटी दिएको रकम फिर्ता आउनेछ। स्वास्थ्य राम्रो रहनेछ। प्रेम जीवनको पनि भरपूर आनन्द लिनुहुनेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
तुला राशिका व्यक्तिहरुलाई शत्रु ग्रहहरुको मिलनले धेरै लाभ दिनेछ। तपाईले यति धेरै पैसा कमाउनुहुनेछ कि भविष्यको लागि पनि बचत गर्नुहुनेछ। सम्पत्ति हात पार्ने सम्भावना पनि छ। करियरमा प्रगति गर्नुहुनेछ। स्वास्थ्य अवस्था पनि राम्रो रहनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
यस अवधिमा वृश्चिक राशिका व्यक्तिहरुले धन र सम्मान दुवै प्राप्त गर्नेछन्। सञ्चार तथा अन्तरक्रियामा पनि सुधार हुनेछ, जसले तपाईका धेरै कामहरु सजिलो बनाउँछ। स्वास्थ्य पनि राम्रो रहनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
परिवारका कुनै सदस्याबाट प्राप्त धनले तपाईको आर्थिक समस्या अन्त्य गर्नेछ। भविष्यको लागि अतिरिक्त पैसा बचत गर्नु राम्रो हुनेछ। कुनै पुरस्कार या उपलब्धि हासिल गर्नुहुनेछ।