मंगल ग्रहले नयाँ वर्षमा पहिलो पटक राशि परिवर्तन गर्दै, यी ३ राशिको चम्किँदै भाग्य !

हामी सबै नयाँ वर्षमा प्रवेश गरेका छौं र यो वर्ष ज्योतिषको दृष्टिकोणले पनि निकै महत्वपूर्ण छ। सन् २०२२ मा पनि मंगल ग्रहको राशि परिवर्तन लगायत धेरै ग्रहहरुको पारगमन हुनेछ। ज्योतिष शास्त्र अनुसार मंगल ग्रहलाई ग्रहहरुको सेनापति मानिन्छ। मंगल ग्रहको पारगमन जनावरी १६, २०२२ मा हुनेछ। यस समयमा मंगल ग्रह धनु राशिमा प्रवेश गर्नेछ। धनु राशिमा मंगलको गोचरले केही राशिका व्यक्तिहरूमा सकारात्मक प्रभाव पार्नेछ। जान्नुहोस् यी राशिका बरेमा…

मेष राशि 

मेष राशिका व्यक्तिहरूलाई मंगलको गोचरले राम्रो फल दिनेछ। मङ्गलको गोचरमा मेष राशिका व्यक्तिहरूले धन आर्जन गर्न सक्छन्। यसका साथै सामाजिक प्रतिष्ठामा पनि वृद्धि हुनेछ। यदि तपाईं कतै लगानी गर्न चाहानुहुन्छ भने, यो समयमा लगानीले तपाईंलाई नाफा पनि दिन्छ। मेष राशिको स्वामी मंगल भएकाले मेष राशिका मानिसहरूलाई मंगल ग्रहको विशेष अनुग्रह रहनेछ। यस्तो अवस्थामा आर्थिक उन्नति र कार्यस्थलमा पदोन्नति पनि मिल्नेछ।

मिथुन राशि 

मिथुन राशिका लागि मंगलको गोचरले पनि सकारात्मक परिणाम दिनेछ। मिथुन राशिका व्यक्ति जो व्यापार वा जागिरमा छन् उनीहरूले शतप्रतिशत सफलता प्राप्त गर्नेछन्। धनु राशिमा मंगलको गोचरले मिथुन राशिका व्यक्तिको आम्दानीमा वृद्धि हुनेछ। यसका साथै नवविवाहितहरुको दाम्पत्य जीवन पनि सुखमय रहनेछ।

मीन राशि 

मङ्गल ग्रहको राशि परिवर्तनले मीन राशिका लागि पनि शुभ फल दिनेछ। यस अवधिमा मीन राशिका मानिसहरूलाई कार्यक्षेत्रमा सफलता प्राप्त गर्नबाट कसैले रोक्न सक्नेछैन। लामो समयदेखिको आर्थिक समस्या अब हट्नेछ। तपाईंको मार्गमा बाधा पुर्याउन खोज्ने शत्रुहरुको हरेक चाल असफल हुनेछ। मीन राशिका व्यक्तिहरूले जुनसुकै काममा पनि मिहेनत गरे भने सफलता पक्कै मिल्नेछ।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८१३:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी राशि भएका युवती हुनेछन् सन २०२२ मा भाग्यमानी, राशिकै कारण चम्किनेछ भाग्य