अबको एक महिना यी ४ राशिलाई अत्यन्तै शुभ हुने, हुनेछ लाभै-लाभ !

हामी सन् २०२२ मा प्रवेश गरिसकेका छौं। जनावरी महिनाले नयाँ सुरुवातको सङ्केत गर्छ। यो महिनाबाट धेरै ग्रहहरूको पारगमन हुनेछ। यस्तो अवस्थामा केही राशिका व्यक्तिहरूलाई यी ग्रहहरूको गोचरबाट लाभ मिल्नेछ। यो महिनामा बुध र सूर्य मकर राशिमा र मंगल र शुक्र धनु राशिमा प्रवेश गर्नेछन्। आउनुहोस् जानौं ग्रह नक्षत्रका आधारमा कुन कुन चार राशिका मानिसको लागि यो समय निकै शुभ रहनेछ….

मेष राशि 

मेष राशिका व्यक्तिहरूलाई यो महिना धेरै शुभ अवसर मिल्नेछ। यी अवसरहरूले तपाईलाई कार्यक्षेत्रमा प्रगति गर्न मद्दत गर्नेछ। यो महिनाले व्यवसायीहरुका लागि खुशी ल्याउने छ। मेष राशिका व्यक्तिहरूले केही ठूला कारोबारबाट आर्थिक लाभ प्राप्त गर्नेछन्।

वृष राशि

 

वृष राशिका व्यक्तिले कार्यक्षेत्रबाट शुभ समाचार प्राप्त हुने सम्भावना छ। पदोन्नतिसँगै आर्थिक उन्नति पनि मिल्नेछ। प्रेम सम्बन्धमा पनि शुभ समाचार प्राप्त हुने सम्भावना छ। भविष्यमा नयाँ योजना बनाउन सकिनेछ।

सिंह राशि 

सिंह राशिका मानिसहरूलाई जनावरी महिनामा राम्रो नतिजा मिल्ने देखिन्छ। वैदेशिक यात्रा सम्बन्धी शुभ समाचार पनि पाउन सकिनेछ। यस अवधिमा शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूले राम्रो परिणाम प्राप्त गर्नेछन्। यो महिना प्रेमी र विवाहित व्यक्तिहरूका लागि शुभ फल दिनेछ।

मीन राशि 

मीन राशिका व्यक्तिहरूले कार्यस्थलमा इच्छित परिणाम प्राप्त गर्नेछन्। पदोन्नतिको प्रबल सम्भावना छ। यदि कार्यक्षेत्र परिवर्तनको बारेमा सोच्दै हुनुहुन्छ भने यो समय यसको लागि अनुकूल छ। यदि तपाई पार्टनर शिपमा कुनै काम गर्दै हुनुहुन्छ भने, यो तपाईको लागि सुनौलो अवसर हो, यसलाई हातबाट जान नदिनुहोस्। विवाहितहरूका लागि समय राम्रो रहनेछ। यो महिना तपाईको आर्थिक स्थितिमा पनि सुधार आउने सम्भावना छ।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८१२:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिको राशिमा यी २ शक्तिशाली ‘शत्रु ग्रह’ को योग, यी ५ राशिका जातकमा पर्नेछ सबैभन्दा बढी प्रभाव