एजेन्सी- बलिउड अभिनेत्री उर्वशी रौतेला उनको अभिनय भन्दा पनि सुन्दरताको कारण चर्चामा रहेकी छिन् । अभिनेत्री उर्वशीलाई सबै प्रकारका डिजाइनर कपडाहरू धेरै सुहाउँछन् तर उर्वशी रौतेलाकी आमा मीरा रौतेला उनीभन्दा धेरै सुन्दर छिन् भन्ने थाहा पाउँदा इपाई अचम्ममा पर्नु हुनेछ।
बलिउड अभिनेत्री तथा मोडल उर्वशी रौतेला प्राय: उनको सुन्दर्तानको कारण चर्चामा आउने गरेकी छिन् । अभिनेत्रीलाई सबै प्रकारका कपडामा निकै सुन्दर देखिन्छ । सायद कमै मानिसलाई थाहा छ अभिनेत्री उर्वशी रौतेलाकी आमा आमा मीरा रौतेला उनीभन्दा धेरै सुन्दर छिन् । मिरा पनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।
उर्वशीकी आमा मिरा प्राय: उनको सुन्दर तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन् । मीराको इन्स्टाग्राममा ठुलो सङ्ख्यामा फ्यान फलोइंग रहेको छ । केही वर्षअघि उर्वशी आफ्नी आमासँग ‘द कपिल शर्मा शो’ मा पुगेकी थिइन् । तब पनि उनको सुन्दरता देखेर मानिसहरु छक्क परेका थिए ।
मीराको तस्बिर देखेर मानिसहरुले उनी उर्वशी रौतेलाकी आमाभन्दा पनि जेठी दिदी जस्तो देखिन्छन् भन्ने गर्छन् । उर्वशीले पनि समय-समयमा आफ्नी आमासँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् ।
अभिनेत्री उर्वशी रौतेला भारतको उत्तराखण्डको हरिद्वार निवासी हुन् र उनका बुबा ठूला व्यापारी हुन् । उनले सानैदेखि मोडलिङ गर्न थालेकी हुन् । उर्वशी रौतेलाले सन २००९ मा १५ वर्षको उमेरमा मिस टिन इन्डियाको उपाधि जितेकी थिइन् । यसबाहेक उनले ‘मिस इन्डिया प्रिन्सेस’, ‘मिस टुरि-ज्म व-र्ल्ड’, ‘मिस इन्डिया सुपर मोडल’ जस्ता उपाधि जितेकी छिन् ।