यी बलिउड स्टारको तस्बिर देखेर अहिले पनि उनका फ्यानको आँखा रसाउँछ । वास्तवमा आफूलाई मन पर्ने स्टारको बरेमा जान्न उनीहरुको फ्यानहरु निकै उत्साहित हुने गर्दछन् । जस्तै आफूलाई मन पर्ने स्टार पहिले कस्तो देखिन्थे, उनीहरु के काम गर्थे र उनीहरुको जीवनशैली यस्ता सबै कुरा जान्न उनीहरुका फ्यानहरु निकै उत्साहित हुन्छन् ।
आज हामी यी स्टारको बारेमा बताउने छौँ जो सानै उमेरमा सुपरस्टार बनेकी थिइन् । मात्र १९ वर्षको उमेर नै बलिउडका नाम चलेका सबै स्टारसँग काम गरिसकेकी थिइन् । अभिनेत्रीको सफलता देखेर धेरै नायिकालाई जलन हुने गर्थ्यो । तस्बिरमा भाइसँग देखिएकी यी अभिनेत्रीलाई चिन्नुहुन्छ ? तस्बिरमा देखिएकी यी सुन्दर बालिका अरु कोही नभई दिव्या भारती हुन् जो आफ्नो समयको चर्चित नायिका थिइन्।
निकै सुन्दर रु सहित उत्कृष्ट अभिनय क्षमता भएकी अभिनेत्री दिव्या भारतीले दिवाना, विश्वात्मा, दिल का क्या कसूर जस्ता हिट फिल्ममा काम गरिसकेकी छिन् । दिव्या त्यो युगको सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री थिइन् । उनले चर्चित फिल्म निर्माता तथा निर्देशक साजिद नाडियाडवालसँग विवाह गरिन् । २५ फेब्रुअरी १९७४ मा जन्मिएकी दिव्या भारतीको ५ अप्रिल १९९३ मा मात्र १९ वर्षको उमेरमा निधन भएको थियो । उनको घरको बालकोनीबाट खसेर निधन भएको हो ।