बलिउड अभिनेता सुशान्त सिंह राजपूत अहिलेको समयमा पनि फ्यानहरुको मनमा जीवित छन् । उनका फ्यानहरु आजसम्म पनि उनलाई सम्झन्छन्। अहिले पनि अभिनेतालाई उनका फ्यान सामाजिक सञ्जालमा निकै खोज्छन् । साथै अभिनेताले सामाजिक सञ्जालमा पोस्ट गरेका पुराना पोस्ट हेर्ने गर्छन्।
यसैबीच नयाँ वर्षको अवसरमा जनवरी १ मा नयाँ वर्षको सुभकामन सहित अभिनेताको सामाजिक सञ्जाल फेसबुक अकाउन्टबाट एक पोष्ट सार्वजनिक भएको छ । अहिले अभिनेता सुशान्तको फेसबुकमा भएको पोष्टले उनका फ्यानलाई स्तब्ध बनाएको छ तर यो पोस्टमा लेखिएको थियो की यो पोष्ट सुशान्तकी दिदी श्वेता सिंहले पोस्ट गरेकी थिइन् ।
अभिनेता सुशान्त सिंह राजपुत १४ जुन २०२० मा आफ्नो मुम्बईको घरमा मृत अवस्थामा फेला परेका थिए । त्यसपछि मुम्बई प्रहरीले अनुसन्धानमा यसलाई आत्महत्या भनेको छ । तर धेरै विरोधपछि यस प्रकरणको अनुसन्धान ईडी, एन-सीबी र सीबीआईलाई सुम्पिएको थियो । यस मामिलामा सीबीआई अहिलेसम्म कुनै निष्कर्षमा पुगेको छैन।