एजेन्सी : सन् २०२१ मा बलिउड अभिनेत्रीहरुका हाल कस्तो रह्यो। प्रस्तुत छ अभिनेत्रीहरुका वर्षभरीको लेखाजोखा।
• कट्रिना कैफ(Katrina Kaif) : –

कट्रिना कैफको लागि वर्ष २०२१ अविस्मरणीय रहेनछ। यहीँ वर्षको ९ डिसेम्बरमा उनले अभिनेता विक्की कौशलसँग सात फेरा लाईन्। साथै कट्रिनाको फिल्म ‘सूर्यवंशी’ बक्स अफिसमा सुपरहिट साबित भयो। हिन्दी सिनेमाको सर्वाधिक कलेक्सन सूर्यवंशीको नाममा छ।
• सोनाक्षी सिन्हा(Sonakshi Sinha) : –

भुज द प्राइड अफ इन्डियामा सोनाक्षी देखिएकी थिईन्। फिल्म त बकवास नै थियो, झन् त्यसमाथि सोनाक्षीको भूमिका पनि कमजोर थियो। आखिर यो फिल्ममा सोनाक्षीले किन काम गरेकी होलिन् भनेर धेरैले आश्चर्य जनाएका थिए।
• तापसी पन्नु(Taapsee Pannu) : –

प्राय: तापसी पन्नु दमदार भूमिका भएका चलचित्रहरुमा मात्र काम गर्छिन्। यहीँ वर्ष रश्मि रकेटमा उनले गरेको अभिनयले मानिसहरुको मन जित्यो। हसीन दिलरुबा नामक थ्रिलर मुवीमा पनि उनले काम गरिन्। एनाबेल राठौर नामक दक्षिण भारतीय फिल्ममा उनी देखिएकी थिईन्।
• कृति सेनन(Kriti Sanon) : –

कृति सेननका दुई फिल्म रिलिज भए – मिमी र हम दो हमारे दो। दुवै फिल्मले उनको लोकप्रियता बढायो।
• प्रियंका चोपडा(Priyanka Chopra) : –

प्रियंका चोपडा अहिले भारतमा कमै समय बस्छिन्। नेटफ्लिक्समा उनको ‘द ह्वाइट टाइगर’ आएको थियो, जसमा उनको अभिनय कौशलतालाई सबैले तारिफ गरे। यस बाहेक उनी ‘द मेट्रिक्स रिसरेक्सन’ मा पनि देखिईन्।
• कंगना रनौत(Kangana Ranaut) : –

कंगना रनौत आफ्नो विवादित बयानको कारण चर्चामा हुन्छिन्। उनी आफ्नो मनमा लागेको कुरा खुलेर निर्धक्क साथ व्यक्त गर्छिन्। उनी फिल्म ‘थलाइवी’ मा जयललिताको भूमिकामा देखिएकी थिईन् र उनको अभिनय सधैँझैँ शानदार थियो।
• विद्या बालन(Vidya Balan) : –

विद्या बालनले फिल्म ‘शेरनी’ मा विद्या विन्सेटको भूमिका निभाएकी थिईन्। उनले यो भूमिकामा जिवन्त अभिनय गरेकी थिईन्।
• दीपिका पादुकोण(Deepika Padukone) : –

दीपिका पादुकोण सन् २०२१ मा खासै सक्रिय रहिनन्। उनले फिल्म ‘८३’ मा कपिल देवकी श्रीमतीको सानो भूमिका निभाएकी थिईन्।
• ज्याक्लिन फर्नान्डिज(Jacqueline Fernandez) : –

भूत पुलिसमा ज्याक्लिन देखिएकी थिईन्। तर यो फिल्मभन्दा बढी ज्याक्लिन आफ्नो र सुकेश चन्द्रशेखरसँगको सम्बन्धको कारण चर्चामा आईन्। सुकेशसँगको निकटपनले उनलाई नराम्ररी सङ्कटमा पार्यो।
• कियारा आडवाणी(Kiara Advani) : –

कियारा फिल्म शेरशाहमा देखिएकी थिईन्। छोटो तर महत्वपूर्ण भूमिकामा कियाराको अभिनयले सबैबाट राम्रो प्रशंसा पायो। सिद्धार्थ मलहोत्रासँग बढ्दै गरेको निकटपनले पनि राम्रै चर्चा पायो।
• परिणीति चोपडा(Parineeti Chopra) : –

परिणीतिका तीन फिल्म ‘द गर्ल अन द ट्रेन’, ‘सन्दिप और पिङ्की फरार’ र ‘साइना’ रिलिज भए। तीनै फिल्ममा परिणीतिले आफ्नो अभिनय प्रतिभा देखाएकी छिन्। तर परिणीतिले जति लोकप्रियता पाउनुपर्ने हो त्यति पाइनन्।
• जाह्नवी कपूर(Janhvi Kapoor) : –

रूही फिल्ममा जाह्नवीलाई केही नयाँ गर्ने राम्रो अवसर थियो तर उनले उक्त अवसरको फाइदा उठाउन सकिनन्। अहिले उनको करियरले रफ्तार पक्रिन सकिरहेको छैन। पछिल्लो समय उनी सामाजिक सञ्जालमा निकै सक्रिय हुन् थालेकी छिन्।
• वाणी कपूर(Vaani Kapoor) : –

बेलबटममा वाणी कपूरले छोटो तर महत्वहीन भूमिका पाईन्। तर ‘चन्डीगढ करे आशिकी’ उनले राम्रो अभिनय गर्ने मौका पाईन् र उक्त मौकाको फाइदा उठाउँदै उनले आफ्नो प्रतिभा देखाईन्।
