अहिलेको समयमा कोरोनाको प्रभाव पुन: देश तथा विदेशमा बढ्दै गएपछि दक्षिण भारतको चर्चित अभिनेता रामचरण र एनटीआर अभिनित फिल्म ‘आरआरआर’ का निर्माताले देशभर कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले सुरक्षा प्रतिबन्धलाई कडाइ गरेको भन्दै अर्को सूचना नभएसम्मका लागि फिल्मको रिलिज मिति सार्ने निर्णय भएको छ ।
फिल्म ‘आरआरआर’ का निर्माता टिमले सामाजिक सञ्जाल ट्विटर मार्फत एक पोष्ट सार्वजनिक गर्दै लेखेका छन् । ‘हामी सम्बन्धित सबै पक्षको हितलाई ध्यानमा राखेर हाम्रो फिल्मको रिलिज मिति स्थगित गर्न बाध्य छौँ । सबै प्रशंसक र दर्शकहरूलाई तपाईहरुको निस्वार्थ मायाको लागि हृदयदेखि धन्यवाद।’
अहिले फिल्म निर्माताको ट्विटलाई मानिस हरुले निकै आश्चर्यको साथमा लिएर अनेक प्रतिक्रिया दिएक छन् । अहिले फिल्म निर्माताको बाध्यता बुझेर कोही निर्माताको साथमा देखिन्छन् भने कोही निराश देखिएका छन् । यस सँगै फिल्म निर्माताले फिल्म अब कहिले प्रदर्शन हुन्छ भन्ने प्रश्नमा भारतका केही स्थानमा कोरिनाको प्रभाव बढेको कारण सिनेमा हाल बन्द गर्न पर्ने अवस्थामा पुगेको छ । त्यसैले अहिलेको अवस्था सामान्य हुनासाथ फिल्म प्रदर्शनमा आउने बताएका छन् ।