बलिउड अभिनेता इरफान अभिनीत फिल्म १४ वर्षपछि रिलिज, भिलेनको रुपमा देखियो दमदार प्रस्तुति !

बलिउडका चर्चित दिवंगत अभिनेता इरफान खानको फिल्म उनको निधन भएको २० महिनापछि प्रिमियर भएको छ । अभिनेता इरफानको १४ वर्ष पुरानो फिल्म ‘मर्डर एट तिसरी मञ्जिल ३०२’ ‘जी फाइभ’ मा प्रिमियर भएको छ। यति बेला अभिनेताको फ्यानलाई यस सुचना प्राप्त हुनासाथ अभिनेताको फिल्म गर्न आतुर भएका छन् ।

दीपल शसँग १४ वर्षका युवा इरफान खानको रोमान्टिक गीत र चुम्बन दृश्य हेर्नु फ्यान हरुको लागि फरक अनुभव हुनेछ। हुन्छ। इरफानलाइ यस फिल्ममा पञ्जाबी गीत गाएर मातिएको अवस्थामा युवतीहरुलाई खुलेआम गाली गरेको देख्न सकिन्छ । यस फिल्ममा अभिनेतालाई एक भिलेनको रुपमा देख्न्न सकिन्छ ।

यो फिल्म इरफान खानको लागि मात्र नभई चर्चित गाएक साजिद–वाजिद जोडी वाजिद खानका फ्यानका लागि पनि विशेष छ, किनभने उनी पनि अब यस संसारमा छैनन् र उनको संगीत यस फिल्ममा समावेश गरिएको छ । यस चलचित्र प्रदर्शन नहुँदा मानिस हरुलाई लागेको थियो की यो फिल्म खासै राम्रो बनेको छैन ।

अहिले इरफानको यस ‘मर्डर एट तिसरी मञ्जिल ३०२’ फिल्मलाई दर्शकले निकै रुचाएका छन् । अभिनेताको अन्तिम अन्तिम चलचित्रको रूपमा हेरीरहेका छन् ।

प्रकाशित : शुक्रबार, पुष १६, २०७८१६:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बलिउड २०२१ : कुन अभिनेत्रीको कस्तो रह्यो हाल, कुन अभिनेत्री हिट-फ्लप भए यो वर्ष