के तपाइले तस्बिरमा देखिएकी यी निर्दोष बालिकालाई चिन्नु भयो ? तस्बिरमा देखिएकी यी सानी बच्ची आजको समयमा बलिउडमा चर्चित अभिनेत्रीको सूचीमा पर्दछिन् । बलिउड अभिनेत्रीको बाल्यकालको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भनिन्छ बितेको समय कहिले फर्केर आउँदैन । तर केही याद हरुलाई सम्झनाको रुपमा तस्बिर तथा भिडियोको मध्यमबाट राख्न सकिन्छ । बलिउड सेलिब्रेटी हरुका बाल्यकालका आजसम्म नदेखेका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । पछिल्ला दिनहरुमा अभिनेत्री अनुष्का शर्माको बाल्यकालका तस्बिरहरु सामाजिक सञ्जालमा चर्चामा रहेको छ ।
अभिनेत्रीले यी तस्बिर हरुलाई आफैले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी हुन् । अभिनेत्रीको बाल्यकालको तस्बिर फ्यान हरुले निकै रुचाएका छन् ।
अनुष्का शर्माले आफ्नो अभिनयबाट बलिउडमा आफ्नो क्षमता प्रमाणित गरिसकेकी छिन् । नायिकाले तीनै खानसँग हिट फिल्ममा काम गरेकी छिन् । अनुष्काले ‘रब ने बना दी जोडी’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । आजको समयमा नायिका एक सफल अभिनेत्री हुनुका साथै चलचित्र निर्माता पनि हुन् । नायिकाले आफ्नो प्रोडक्सन हाउसको ब्यानरमा ‘बुलबुल’ जस्ता सिरिज बनाएकी छिन् ।
पछिल्लो समयमा अभिनेत्रीले छोरीलाई जन्म दिएपछि अभिनय क्षेत्रमा खासै नदेखिए पनि आफ्ना फ्यानसँग जोडिनको लागि सामाजिक सञ्जालमा निकै सक्रिय हुन्छिन् । साथै अभिनेत्री फ्यानहरु सँग जोडिनको लागि हरेक दिन सामाजिक सञ्जालमा तस्बिर तथा भिडियो सार्वजनिक गर्छिन् ।