काठमाडौँ : अहिले नयाँ वर्षको आगमनमा मानिसहरु खुशी मनाइरहेका छन्। विगतमा भन्दा यस वर्ष सन २०२२ मा मानिसहरुले ठूलो आशा गरेका छन् । ज्योतिष शास्त्र अनुसार सन २०२२ को जन्म तालिकामा काल सर्प योग बन्नाले केही राशिका लागि नयाँ वर्ष निकै कठिन हुन सक्छ। ज्योतिषआचार्यका अनुसार नयाँ वर्षमा ४ राशिका मानिसलाई कठिन समय आउन सक्छ । यस्तो अवस्थाबाट मुक्ति पाउन केही उपाय अपनाउनु राम्रो हुन्छ।
वृष राशि
सन २०२२ मा वृष राशिलाई कालसर्प योगले केही समस्या ल्याउने भएको छ । विशेष गरेर वर्षको पहिलो ३ महिना सावधानी अपनाउनु पर्ने हुन्छ । जसको कारण आमाको स्वास्थ्यमा समस्या आउन सक्छ । यसको साथै तपाईको घर तथा कार्यालयमा चोरी तथा ठगी हुनसक्छ । त्यसैले सावधान रहनुहोला ।
कन्या राशि
यस समयमा कन्या राशिका लागि आंशिक विष योग बनेको छ । यस अवधिमा घर बाहिरको खान खानुहोस्। २४ अप्रिल २०२२ सम्म खाना र पेय पदार्थमा सावधान रहनुहोस्। मादक पदार्थ सेवन गर्दै हुनुहुन्छ भने सावधानी अपनाउनु पर्ने आवश्यक रहेको छ ।
वृश्चिक राशि
यस समयमा वृश्चिक राशिका व्यक्तिहरूलाई भावनात्मक चोट लाग्न सक्छ। अरूको विचारलाई आफूमाथि हाबी हुन नदिनुहोस् । अन्यथा तपाई डिप्रेसनको शिकार हुन सक्नुहुन्छ। विशेष गरी २४ अप्रिल २०२२ सम्मको समय सावधान रहनु राम्रो हुनेछ ।
मीन राशि
यो समयले मीन राशिका व्यक्तिहरूलाई फरक अनुभव गराउनेछ। तपाईको भेट यस्तो मानिससँग हुनेछ जसले तपाईलाई समस्यामा पार्न सक्छ । कसैबाट बिछोड हुनुको दु:ख हुनेछ। यो समय धैर्यताका साथ सामना गर्न सक्नु राम्रो हुनेछ।