नयाँ वर्ष सन २०२२ मा राहु, केतु र शनिले राशि परिवर्तन गर्दैछन् । जसको प्रभाव ४ राशिमा पर्ने भएको छ । जसको प्रभावको कारण स्वास्थ्यमा साथै धेरै किसिमका समस्याको सामना गर्न पर्ने हुन्छ । हेर्नुहोस् सन २०२२ मा पापी ग्रह राहु,केतु शनिको नकारात्मक प्रभाव पर्ने यी ४ राशिहरु….
कन्या राशि
नयाँ वर्षमा कन्या राशिको छैठौँ घरमा शनिको राशि परिवर्तन हुने भएको छ । जसको प्रभावको कारण स्वास्थ्यमा धेरै किसिमका कठिनाइको सामना गर्नुपर्ने हुनसक्छ । साथै शनि राशि परिवर्तनमा स्वास्थ्यमा उतारचढाव आउनेछ। यसबाहेक मिर्गौला र कलेजोको सम्बन्धी स्वास्थ्य समस्याले सताउनेछ । यसका साथै ढाड दुख्ने समस्या देखिन सक्छ ।
वृष राशि
सन २०२२ मा शनि, राहु र केतुको राशि परिवर्तनले स्वास्थ्य सम्बन्धी विभिन्न समस्यको सामना गर्नुपर्नेछ। ज्योतिष शास्त्रका अनुसार राहुले वृष राशिको १२ औँ घरमा राशि परिवर्तन गर्नेछन् । त्यसतै केतु वृष राशिको छैठौँ घारमा प्रवेश गर्नेछन् । छैठौँ घर वृष राशिको रोगको घर हो । यी घरहरूमा केतुको आगमनले वृष राशिका मानिसहरूलाई स्वास्थ्यमा समस्या आउनेछ। विशेष गरी पेट वा मिर्गौलाको समस्याले बढी सताउनेछ।
कर्कट राशि
सन २०२२ मा शनि, राहु र केतुको राशि परिवर्तनले कर्कट राशिका मानिसहरूलाई पनि कष्ट हुनेछ । शनिको प्रभावको कारणले स्वास्थ्य चिन्ता बढ्नेछ। सन २०२२ मा शनिले राशि परिवर्तन गरेर कर्कट राशिको आठौँ घरमा विराजमान हुनेछ । यस्तो अवस्थामा सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउनुपर्छ । यसबाहेक विद्युतीय उपकरणमा पनि सावधानी अपनाउनुपर्छ । त्यस्तै महिलाहरूमा पाठेघर र पुरुषमा कलेजो सम्बन्धित समस्याहरू देखिन सक्छन्।
मीन राशि
ज्योतिष शास्त्र अनुसार २०२२ मा मीन राशिका मानिसहरुलाई शनि र केतुको कारणले स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । मीन राशिका व्यक्तिहरूलाई नयाँ वर्षमा खुट्टा र घुँडासम्बन्धी समस्याले सताउन सक्छ। यसका साथै वर्ष भरी सरुवा रोगबाट सचेत रहनुपर्छ ।