यी हुन् नयाँ वर्ष सन २०२२ का भाग्यशाली राशिहरु, पूरा हुनेछन् हरेक लक्ष्य: मिल्नेछ अपार सफलता

अब केही दिनमा सन २०२२ सुरु हुँदैछ। सफलता, धन, उन्नतिको चाहना सबैको मनमा हुन्छ तर केही राशिका मानिसहरु यस विषयमा धेरै नै भाग्यमानी हुने भएका छन् । यी राशिका मानिसहरूको सपना यो वर्ष पूरा हुन गइरहेको छ साथै ती सबै लक्ष्यहरू प्राप्त गर्नेछन् जुन उनीहरु पूरा गर्न लामो समय देखि पर्खिरहेका थिए। यी राशि हरुलाई ग्रहहरूको परिवर्तनले धेरै सफलता प्रदान गर्नेछ ।

सन २०२२ अप्रिलमा महिनामा शनिको राशि परिवर्तन पछि १२ जुलाई २०२२ मा अशुभ ग्रह पनि राशि परिवर्तन गर्नेछ। उनीहरु डेढ वर्षपछि राशि परिवर्तन गर्दै छन् र यससँगै सबै काममा आएका बाधा हरुको अन्त्य हुनेछ । वृष राशिका व्यक्तिहरूले यसबाट अधिकतम लाभ पाउनेछन्।

वृष राशि

वृष राशिको लागि विगतको वर्ष देखिको समस्याको अन्त्य हुनेछ । अहिले राहु वृष राशिमा रहेका छन् र १२ जुलाई २०२२ मा यो राशि छोडेर मेष राशिमा प्रवेश गर्नेछन् । अशुभ ग्रह राहुले कन्या राशि छोड्ने बित्तिकै वृष राशिका मानिसहरुको जीवनका सबै समस्याहरुको अन्त्य हुनेछ । उनीहरूले धेरै लाभ हुनेछ । करियरमा ठूलो सफलता मिल्नेछ । खराब बानी र संगतबाट मात्र टाढा रहनुहोस्। साथै, सम्भव भएसम्म, कुकुरलाई रोटी-बिस्कुट र दूध दिनुहोस्।

मिथुन राशि

मिथुन राशिका व्यक्तिको लागि यो वर्ष शनिको दशाबाट मुक्ति मिल्ने छ । २९ अप्रिल २०२२ मा शनिले राशि परिवर्तन गर्ने बित्तिकै मिथुन राशिका मानिसको जीवनका सबै समस्याहरू अन्त्य हुनेछन्। विभिन्न माध्यमबाट आम्दानी हुनेछ । तर क्रोध र अहंकारबाट टाढा रहनुहोस्, साथै वृद्ध र महिलाहरूको सम्मान गर्नुहोस्।

मीन राशि

मीन राशिका मानिसका लागि नयाँ वर्षमा ग्रह अवस्था पनि निकै शुभ रहने छ । मीन राशिका मानिसले  करियरमा ठूलो लाभ प्राप्त गर्नेछन्।  व्यापारमा पदोन्नति-वृद्धि र लाभको प्रशस्त अवसर मिल्नेछ। वर्षभरि नै फलदाही हुने भन्न सकिन्छ । स्वार्थी र धोखेबाज मानिसहरुबाट सावधान रहनुहोस्।

प्रकाशित : शुक्रबार, पुष १६, २०७८११:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नयाँ वर्ष सन २०२२ मा बन्दैछ कालसर्प योग, यी ४ राशिको जीवन हुनेछ उथलपुथल !