ब्राउन सुगर किन्दै गरेको अवस्थामा चर्चित र्‍यापर ‘लाउरे’ पोखाराबाट पक्राउ !

काठमाडौँ — नेपाली युवाहरु माझ निकै चर्चित रहेका नेपाली र्‍यापर ‘लाउरे’ नामले चिनिने गरेका आशिष रानालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ। गयराति पोखराको न्युरोड भन्ने ठाउँमा उनलाई ला-गू-औषध खरिद गर्दै गरेको अवस्थामा प्रहरीले रंगे-हात पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाका अनुसार बुधबार राति आशिष रानालाई ब्रा-उ’न-सु-ग-र किन्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। लाउरे सहित अन्य तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको एसपी थापाले बताए।

“लाउरेलाई न्युरोडबाट ब्रा-उ-न-सु’ग-र खरिदबिक्री गर्दै गरेको अवस्थामा पक्राउ गरेका छौं,” उनले भने, “अब उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाउने तयारी गरका छौं।

प्रकाशित : बिहिबार, पुष १५, २०७८१२:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाबाट आयो बधाई