माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अमेरिकाबाट आयो बधाई

माओवादी केन्द्रको अध्यक्षमा निर्विरोध चयन भएकोमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई अमेरिकाबाट बधाई आएको छ ।

अहिले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रको अध्यक्षमा फेरि निर्विरोध चयन भएका छन् । यसको साथै उनालाई विभिन्न स्थानबाट बधाईको ओइरो लागेको छ । पछिल्लो समयमा माओवादी केन्द्र पार्टीभित्र अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई लिएर विरोध भइरहेको छ ।

अमेरिकाबाट बधाई आएको यी पहिली पटक भने हैन । यसअघि पनि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी सभापति भएको अवसरमा बधाई आएको थियो । अहिलेको समयमा ऊर्जा र सडक पूर्वाधार निर्माणलाई भन्दै अमेरिकाबाट ५०० मिलियन अमेरिकी डलर अनुदानलाई स्वीकार गर्नु हुँदैन भनेर जनस्तरबाट नै विरोध भइरहेको छ ।

माओवादीका अध्यक्ष प्रचण्डलाई ट्विटर मफ्रत बधाई आएको हो । आज भन्दा पहिले पनि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी अध्यक्षमा निर्वाचित हुँदा र कांग्रेस सभापति शेरबहादुर देउवा पार्टी सभापतिमा निर्वाचित भएपछि पनि यसरी नै बधाई आएको थियो ।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८१७:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

मंगलबार पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने