एजेन्सी : कट्रिना कैफ र विक्की कौशलपछि धेरै स्टार्स वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन्। यी स्टार्सको घरमा अब छिट्टै बाजा बज्नेछ। आज हामी भारतीय चलचित्र जगतका ती स्टार्सको बारेमा कुरा गर्दैछौँ, जो छिट्टै विवाह गर्दैछन्। यस सूचीमा रणबीर कपूर-आलिया भट्ट (Ranbir Kapoor-Alia Bhatt) देखि मलाइका अरोडा-अर्जुन कपूर(Malaika Arora – Arjun Kapoor) सम्मको नाम छ।
• रणबीर कपूर र आलिया भट्ट (Ranbir Kapoor-Alia Bhatt) : –
कट्रिना कैफ र विक्की कौशलको विवाहपछि अब बलिउड फिल्म स्टार रणवीर कपुर र आलिया भट्टको पालो आएको छ। जो छिट्टै विवाहको बन्धनमा बाँधिन सक्छन्। लामो समयदेखि उनीहरुको विवाहको चर्चा चलिरहेको छ। भारतीय सञ्चारमाध्यमहरुका अनुसार रणवीर र आलिया दुवै परिवार विवाहको तयारीमा जुटिसकेका छन्। तर विवाह ठ्याक्कै कहिले हुन्छ भनेर सबैको नजर यी दुई परिवारमा रहेको छ।
• ऋचा चड्ढा र अली फजल(Richa Chadha-Ali Fazal) : –
फिल्म स्टार ऋचा चड्डा र अली फजल धेरै पहिल्यैदेखि नै विवाहको तयारीमा थिए। कोरोनाका कारण यी स्टार जोडीको अहिलेसम्म विवाह हुन् सकेन। यी स्टार जोडीले यसै वर्ष विवाह गर्न सक्नेछन् ।
• तारा सुतारिया र आदर जैन (Tara Sutaria – Aadar Jain) : –
रणबीर कपूरका कजन आदर जैन अभिनेत्री तारा सुतारियालाई डेट गरिरहेका छन्। भारतीय मिडिया रिपोर्ट्स अनुसार आदर र तारा यसैवर्ष विवाह गर्दैछन्।
• सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी (Sidharth Malhotra – Kiara Advani) : –
फिल्म स्टार सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी पनि एकअर्काको प्रेममा डुबेका छन्। तर अहिलेसम्म यी स्टार जोडीले खुलेर आफ्नो सम्बन्धबारे स्वीकार गरेका छैनन्। पारिवारिक निकट श्रोतहरुले भारतीय सञ्चारमाध्यमहरुलाई दिएको खबर अनुसार सिद्धार्थ र कियारा यहीँ वर्ष वैवाहिक बन्धनमा बाँधिने छन्।
• मलाइका अरोडा र अर्जुन कपूर (Malaika Arora – Arjun Kapoor) : –
फिल्म स्टार मलाइका अरोरा र अर्जुन कपुर लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका छन्। यी स्टार्स छिट्टै विवाहको बन्धनमा बाँधिन सक्ने अनुमान गरिएको छ।
• मौनी राय र सूरज नाम्बियार(Mouni Roy – Suraj Nambiar) : –
टिभी सिरियल अभिनेत्री मौनी राय पनि सुरज नाम्बियारसँग बिहे गर्ने तयारीमा छिन्। रिपोर्ट्स अनुसार सन् २०२२ को जनवरीमा मौनी र सूरजले विवाह गर्नेछन्।
• करिश्मा तन्ना र वरुण बंगिरा (Karishma Tanna – Varun Bangera) : –
टिभी सिरियल अभिनेत्री करिश्मा तन्ना र वरुण बांगिराले इन्गेजमेन्ट गरिसकेका छन् । यी दुईले सन् २०२२ को फेब्रुअरीमा विवाह गर्न सक्ने बताइएको छ ।
• अथिया शेट्टी र केएल राहुल (Athiya Shetty – KL Rahul) : –
सुनील शेट्टीकी छोरी तथा अभिनेत्री आथिया शेट्टी क्रिकेटर केएल राहुललाई डेट गरिरहेकी छिन्। यी दुई स्टारको विवाहको बारेमा पनि मानिसहरुले अनेक खाले अनुमानहरु लगाईरहेका छन्।