बलिउड स्टार अजय देवगन र काजोलको छोरी न्यास सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । न्यासा सोशल मिडियाबाट टाढै रहन्छिन् तर पनि सामाजिक सञ्जालमा ट्रोल भइरहन्छिन् ।
बलिउड अभिनेता अजय देवगन र काजोलको छोरी न्यासा सामाजिक सञ्जाल हरुमा निकै सक्रिय छिन् । न्यासा उनको हरेक क्रियाकलापको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्छिन् । यति बेला न्यासा उनका फ्यानबाट प्रशंसा बटुलेकी छिन् भने केही मानिसले उनको तस्बिर तथा भिडियोलाई ट्रोल बनाइरहेका छन् ।
यति बेला न्यासा देवगनको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा उनी आफ्ना साथीसँग देखिएकी छिन् । यो भिडियो भाइरल भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले न्यासाको भिडियोमा विभिन्न किसिमको कमेन्ट गरिरहेका छन् । भिडियोमा देख्न सकिन्छ, त्यस समयमा न्यासले सेतो रंगको वान-पिस लगाएकी छिन् ।
न्यासा देवगन यस पटक आफ्नो पोशाकको कारण चर्चामा आएकी छिन् । न्यासाको तस्बिरमा एक व्यक्ति कमेन्ट गर्दै लेख्छन् ‘त्यति सुन्दर पनि छैन तर घमन्ड हेर’ त्यसतै अर्का व्यक्तिले लेखेका छन् ‘हेर तडक,भडक । न्यासा देवगन यस पटक आफ्नो पोशाकको कारण सामाजिक सञ्जाल प्रयोगकर्ताको निशानामा आएकी छिन्। तर यसले उनलाई खासै फरक पारेको देखिँदैन ।