ज्योतिष शास्त्र अनुसार सन्तान प्राप्तिको लागि रामबाण हुन्छन् यस्ता उपाय, जान्नुहोस् !

विवाहपछि सन्तानको चाहन गरेक दम्पतीलाई हुने गर्दछ । धार्मिक मान्यता अनुसार भन्ने गरिन्छ जुन घरमा स-साना बालबालिकाको रोदनको आवाज गुन्जिन्छ त्यस घरमा भगवानको बास हुने गर्दछ । अहिलेको समयमा धेरै दम्पती सन्तान प्राप्ति गर्न विभिन्न किसिमका समस्याको सामान गरिरहेका छन्।

यस समस्याबाट छुटकारा पाउनको लागि मानसिहरुले स्वास्थ्य उपचार गर्ने गर्छन् । तर पनि सन्तान प्राप्तिको लागि ढिलाइ वा समस्या हुने गर्छ। सन्तान प्राप्तिका लागि ज्योतिष शास्त्रमा केही विशेष उपायहरु बताईएको छ । यी उपाय गर्नाले सन्तान प्राप्तिको योग बन्ने मान्यता रहेको छ ।

रामेश्वरमको यात्रा

ज्योतिष शास्त्र अनुसार सन्तान प्राप्तिका लागि श्रीमान् र श्रीमती दुवैले रामेश्वरमको तीर्थयात्रा गर्नुपर्छ भन्ने मान्यता रहेको छ । यसका साथै कालसर्प पूजा पनि गर्नुपर्छ । यसो गर्दा सन्तान प्राप्तिको प्रबल सम्भावना हुने मान्यता रहेको छ ।

रातो गाई तथा बाछोको सेवा

यदि महिला व  पुरुषमा कुनै कमीको कारणले बच्चा जन्माउन समस्या भएमा रातो गाई तथा बाछोलाई दिनहुँ सेवा गर्नु पर्दछ । यसका साथै रातो वा खैरो रंगको कुकुर पालन गर्नु पनि शुभ साबित हुनेछ ।

चाँदीको बाँसुरी

धेरै पटक गर्भधारणपछि पनि गर्भमा रहेको बच्चा बिग्रने समस्या हुन्छ भने, यस्तो अवस्थामा कुनै पनि बिहीबार राधा-कृष्णको मन्दिरमा गर्भधारण गरेपछि पति पत्नी दुवै मिलेर चाँदीको बाँसुरी दान गर्नुपर्छ। यसो गर्दा गर्भपतन हुने खतरा नहुने मान्यता रहेको छ ।

गोमती चक्र
बारम्बार गर्भपात भएमा जुनसुकै शुक्रबार रातो कपडामा गोमती चक्र बाँधेर गर्भवती महिलाको कम्मरमा बाँध्नुहोस् । यसो गर्दा पनि गर्भपतन नहुने धार्मिक मान्यता रहेको छ ।

प्रकाशित : बुधबार, पुष १४, २०७८११:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पञ्चामृत र चरणामृतमा के छ भिन्नता ? चरणामृतमा खाँदा भूलेर पनि नगर्नुस् यस्ता गल्ती