काठमाडौँ : हिन्दु धर्ममा कुनै पनि कथावाचन-पूजाआजापछि पञ्चामृत र चरणामृत दिइन्छ। पञ्चामृत र चरणामृतलाई धेरै महत्त्व दिइएको छ। यो स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ। पञ्चामृत र चरणामृतलाई धेरैजसो मानिसले एउटै ठान्छन्।
तर यी दुई फरक हुन्। पञ्चामृत र चरणामृत बनाउने विधि अलग-अलग हुन्छ। यसबाहेक यसको फाइदा पनि भिन्न-भिन्न हुन्छ। पञ्चामृत र चरणामृतको बारेमा आवश्यक चीजहरू जान्नुहोस्।
पञ्चामृत र चरणामृत के हो ?
पञ्चामृत पाँच प्रकारका शुद्ध पदार्थबाट बनेको हुन्छ। साथै यसलाई पिउन सकिने गरी बनाइन्छ। जबकि चरणामृत भगवान विष्णुको चरणको जललाई मानिन्छ। यसलाई तामाको भाँडोमा तुलसी र तिलसँग राखिन्छ। जसकारण यसमा तामाको औषधीय गुण अवशोषित हुन्छ ।
पञ्चामृत कसरी बनाइन्छ ?
पञ्चामृत बनाउन गाईको दूध, गाईको घिउ, दही, मह र चिनी(सख्खर)को प्रयोग गरिन्छ। पञ्चामृतमा प्रयोग हुने हरेक वस्तुको फरक फरक महत्व छ।
पञ्चामृतको लाभ
पञ्चामृत सेवन गर्नाले शरीर रोगमुक्त हुन्छ। जसरी पञ्चामृतले भगवानलाई नुहाउने गरिन्छ, त्यसरी नै नुहाउँदा शरीरमा रोग लाग्दैन भन्ने मान्यता छ । पञ्चामृतको बढी सेवन गर्नु हुँदैन ।
चरणामृत लिने नियम
चरणामृत खाएपछि भूलेर पनि हातलाई टाउको माथि लैजान हुँदैन। किनकी यसले नकारात्मक असर पार्छ। यसबाहेक चरणामृत सधैँ दाहिले हातले लिनुपर्छ। साथै यसलाई शान्त चित्तसँग ग्रहण गर्नुपर्छ।