सीके राउतको प्रहरी प्रमुख एसपीलाई धम्की, बजारको बिच चोकमा जनकारबाही गर्ने

जनमत पार्टीका प्रमुख सीके राउतले सिरहा प्रमुख एसपीलाई धम्कि दिँदै सामाजिक सञ्जाल ‘ सीके राउतको सचिवालय’ को आधिकारिक फेसबुक पेजमार्फत एक पोस्ट सार्वजनिक भएको छ ।

मंगलबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै सीके राउतले सिरहा प्रमुख एसपी हिराबहादुर पाण्डेलाई धम्कि दिएका छन् । पक्राउ परेका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको भन्दै व्यवहार सुधार्न चेतावनी दिएका हुन् । यदि प्रहरीले आफ्ना कार्यकर्तालाई गरेको व्यवहार नसुधारेमा एसपी पाण्डेलाई सिरहा बजारको बिच चोकमा जनकारबाही गर्ने धम्की समेत दिएका छन् ।

यस प्रकार छ सीके राउतको सचिवालय’ को आधिकारिक फेसबुक पेजमार्फत गरेको पोस्ट

‘सिरहाका प्रमुख प्रहरी उपरीक्षक हिरा बहादुर पाण्डे नेपाल पुलिस,गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडा समेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको भनेर समाचार आएको छ।

यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भन्ने कारबाही गर्न जनतालाई पनि आउँछ। सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ।

२०७३ सालमा स्वराजीको डरले गहुँ खेतमा सुसु गर्नु परेको सम्झना होला नै। फ्रान्सेली क्रान्तिमा जनताले शासकलाई कसरी चौबाटोमा सजाय दिएका थिए, थाहा नै होला।’

प्रकाशित : मङ्गलबार, पुष १३, २०७८११:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ब्राउन सुगर किन्दै गरेको अवस्थामा चर्चित र्‍यापर ‘लाउरे’ पोखाराबाट पक्राउ !