नयाँ वर्ष सन् २०२२ को दुई हप्ता बितिसकेको छ । मानिसहरु कामना गरिरहेका थिए, नयाँ वर्षले धेरै खुसी ल्याउनेछ। तर नयाँ वर्ष सन २०२२ केही राशिको लागि अशुभ साबित हुनेछ ।
मेष राशि
मेष राशिका मानिसलाई सन २०२२ मा धेरै उतारचढाव आउन सक्ने भएको छ । वर्षको पहिलो ४ महिना स्वास्थ्यमा विशेष सावधन हुनु पर्नेछ । अन्यथा स्वास्थ्यमा समस्या आउन सक्छ । त्यसतै वर्षको अन्य समयमा पनि स्वास्थ्यमा विशेष सावधानी अपनाउनु पर्ने हुन्छ ।
मिथुन राशि
मिथुन राशिको लागि सन २०२२ करियरको हिसाबमा मिश्रित फलदाही हुने भएको छ । मिथुन राशिको लागि वर्षको सुरुवातमा करियरको क्षेत्रमा हानि हुनेछ भने त्यसपछि क्रमस लाभ हुनेछ । धन हानि हुने सम्भावना छ । वर्षको पहिलो चौमासिकमा आर्थिक मामिलामा सावधान रहनुहोस्। स्वास्थ्य सम्बन्धी समस्याले पनि समस्यामा पार्न सक्छ।
कर्कट राशि
कर्कट राशिका लागि सन २०२२ निकै चुनौतीपूर्ण हुन सक्छ। अप्रिलमा शनिको राशि परिवर्तनले जीवनमा ठूलो परिवर्तन ल्याउनेछ। आर्थिक स्थितिमा नराम्रो असर पर्न सक्छ। धैर्यपूर्वक राम्रो समयको लागि पर्खनु बुद्धिमानी हुनेछ ।
कन्या राशि
कन्या राशिका लागि स्वास्थ्यको दृष्टिले सन २०२२ खासै राम्रो रहने अवस्था छैन । त्यसैले यस विषयमा बेवास्ता नगर्नुहोस्। जीवनका विभिन्न क्षेत्रमा साना–ठूला समस्याको सामना गर्नुपर्नेछ ।
धनु राशि
सन २०२२ मा धनु राशिलाई मानसिक तनाबको समान गर्नु पर्ने हुन्छ । काममा उच्च अधिकारी सँगको संवादमा सावधानी अपनाउनु होला अन्यथा जीवनमा धेरै कठिनाइहरू आउन सक्छन्। जीवन साथी सँगको संवादमा सावधान रहनु होला ।