ग्रहहरुको राशि परिवर्तनको प्रभाव सबै राशिमा पर्दछ । केही राशिमा शुभ प्रभाव पर्दछ भने केही राशिमा अशुभ प्रभाव पर्दछ । ग्रहहरुको राजकुमार डिसेम्बर २९ मा राशि परिवर्तन गर्ने भएका छन् । बुध ग्रह बिहान ११:५५ मा धनु राशिबाट मकर राशिमा प्रवेश गर्नेछ। बुध ग्रहको यो राशि परिवर्तनले ३ राशिका लागि लाभदायक साबित हुने भएको छ ।
वृष राशि
वृष राशिका लागि बुधको राशि परिवर्तन निकै शुभ साबित हुने भएको छ । बुधको राशि परिवर्तनको कारण वृष राशिको लागि कानुनी काममा फाइदा हुनेछ । यसका साथै परिश्रमको पूर्ण लाभ मिल्ने छ। पारिवारिक समस्याको समाधान पनि मिल्नेछ। आर्थिक समृद्धि पनि हुनेछ । जसको कारण जीवन सुखमय हुनेछ ।
वृश्चिक राशि
वृश्चिक राशिका लागि बुधको राशि परिवर्तन निकै शुभ रहनेछ। बुधको राशि परिवर्तनको कारण सबै मनोकामना पूरा हुनेछन् । यसका साथै काममा भएको परिवर्तनका कारण आर्थिक उन्नति हुनेछ । यो परिवर्तन कार्य परिवर्तनको लागि शुभ हुनेछ। कार्यस्थलमा पदोन्नतिको अवसर मिल्नेछ । सरकारी जागिर गर्नेहरूका लागि यो राशि परिवर्तन शुभ हुनेछ। आकस्मिक धन लाभ हुन सक्छ।
धनु राशि
धनु राशिको लागि बुधको राशि परिवर्तन निकै शुभ हुने भएको छ । बुधको राशि परिवर्तनको कारण काममा दक्षता आउने छ । नोकरीमा उच्चा अधिकारीहरूले कामको प्रशंसा गर्नेछन्। यससँगै व्यापारमा नाफा पनि बढ्नेछ । साथै अरुको काममा गरेको लगानी लाभदायक साबित हुनेछ।