एजेन्सी : बलिउड बलिउडका स्टारहरू प्रायः विवाह समारोहहरुमा परफर्म गर्न गईरहेका हुन्छन्। शाहरुख खानदेखि प्रियंका चोपडासम्मका कलाकारहरु थुप्रै विवाह समारोहमा नाँच्न पुगिसकेका छन्। तर के तपाईलाई छ यी बलिउड स्टार्स कुनै विवाह या समारोहमा आफ्नो दिन करोडौं रुपैयाँ लिन्छन्। यहाँ हेरौँ कुन कलाकारले विवाहमा डान्स पर्फर्मेसनको लागि कति रकम लिन्छन् ?
♦ सलमान खान(Salman Khan) : –
बलिउड सुपरस्टार सलमान खानले विवाह समारोहमा डान्स गरेबापत २ करोड भारु पारिश्रमिक लिन्छन् ।
♦ शाहरुख खान(Shah Rukh Khan) : –
भारतीय वेबसाइट बलिउड लाइफका अनुसार शाहरुख खानले ३ करोड भारु लिन्छन् ।
♦ अक्षय कुमार(Akshay Kumar) : –
भारतीय डीएनए न्युजमा प्रकाशित रिपोर्ट अनुसार अक्षय कुमारले २.५ करोड भारु लिने गरेका छन् ।
♦कट्रिना कैफ(Katrina Kaif) : –
‘टाइगर जिन्दा है’की अभिनेत्री कट्रिना कैफले बिहेमा प्रस्तुति दिएबापत चर्को रकम लिन्छिन्। भारतीय मिडियाको रिपोर्ट्स अनुसार कट्रिनाले ३.५ करोड भारु लिन्छिन्।
प्रियंका चोपडा(Priyanka Chopra) : –
प्रियंका चोपडाले विवाह समारोहमा प्रस्तुति दिन करिब २.५ करोड भारु लिन्छिन्।
ऋतिक रोशन(Hrithik Roshan) : –
विवाह या अन्य समारोहमा प्रस्तुति दिनको लागि ऋतिक रोशनले पनि मोटो रकमको माग गर्ने गरेका छन्। उनले २.५ करोड भारु लिने गरेको बताइएको छ ।