आइतबारको दिन गर्नुहोस् यस्ता उपाय, जीवनमा उन्नति र सुखको बर्षात हुनेछ !

आइतबारको दिन सूर्यको उपासनाको लागि निकै उत्तम दिन मानिन्छ, किनभने यो दिन सूर्य देवतालाई समर्पित रहेको छ । ज्योतिष शास्त्रका अनुसार कुनै पनि व्यक्तिको जीवनमा मान सम्मान सूर्य देवको कारणले नै प्राप्त हुने गर्दछ । यसका साथै रोजगारी–व्यवसायको वृद्धिमा पनि सूर्य देवको भूमिका महत्त्वपूर्ण छ ।


कुण्डलीमा सूर्य कमजोर हुँदा जीवनमा हुने अनेक प्रगति रोकिने मान्यता रहेको छ । साथ-साथै जीवनको सुख पनि बिस्तारै कम भएर जाने मान्यता रहेको छ । त्यसले आइतबार सूर्य देवको नाममा समर्पित भएको हुँदा आइतबारको दिन गरिने  उपाय जीवनमा प्रगति र खुशी ल्याउन रामबाण साबित हुन सक्ने मान्यता रहेको छ ।

शुद्ध घिउको दियो

आइतबार साँझ घरको मुख्य ढोकाको दुवै छेउमा शुद्ध गाईको घ्यूको दीप प्रज्वलन गर्नाले माता लक्ष्मीले गृह प्रवेश गर्ने मान्यता रहेको छ । यसका साथै आइतबारको दिन शिव मन्दिरमा माता गौरी र भगवान शिवलाई रुद्राक्षको माला चढाउँदा धनकी देवी लक्ष्मीको कृपा प्राप्त हुन्छ । जसले जीवनमा खुशी ल्याउँछ ।

तुलसीको परिक्रमा

आइतबार ‘ओम नमो भगवते वासुदेवाय’ मन्त्र जप गर्दै ११ पटक तुलसीको बोटको परिक्रमा गर्नुहोस्। परिक्रमा गर्दा तुलसीलाई जल चढाउनुहोस् । यसो गर्नाले माता लक्ष्मीको कृपा प्राप्त हुन्छ । साथै पैसाको समस्या पनि समाधान हुन्छ ।

आदित्य हृदय स्तोत्र

घरमा सुख-समृद्धिको लागि आइतबार आदित्य हृदय स्तोत्रको पाठ गर्नुपर्छ। आइतबारको दिन कुनै पनि नयाँ काम सुरु गर्नुअघि मिठाई खाने र पानी पिउनु राम्रो मानिन्छ ।

प्रकाशित : आइतबार, पुष ११, २०७८१७:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बृहस्पति देवले चम्काउने छन् यी ३ राशिको भाग्य, यो वर्ष हुनेछ लाभै-लाभ