काठमाडौँ : ज्योतिष शास्त्र अनुसार बृहस्पति ग्राहलाई गुरु देवको रुपमा मानिन्छ । त्यसैले जहिले बृहस्पति ग्रहले राशि परिवर्तन गर्छन् १२ वटै राशिमा यसको प्रभाव पर्ने गर्दछ । सन २०२२ मा बृहस्पति ग्रहको राशि परिवर्तन अप्रिल महिनाको १३ तारिखमा हुँदैछ । ज्योतिष शास्त्रका अनुसार यो राशि परिवर्तनमा बृहस्पतिले आफ्नै राशि मीनमा स्थानान्तरण हुँदै छन् ।
बृहस्पतिको यो राशि परिवर्तनले ३ राशिलाई अत्यन्तै शुभ हुने भएको छ । जान्नुहोस् ती कुन-कुन ३ राशी हुन् जुन बृहस्पतिको राशि परिवर्तनमा अत्यन्तै शुभ हुने भएको छ ।
वृश्चिक राशि
वृश्चिक राशिका मानिसलाई यस राशि परिवर्तन लाभदायक हुनेछ। बृहस्पतिको राशि परिवर्तनले ठूलो आर्थिक लाभ मिल्नेछ। यस बाहेक करियरमा पनि अथाह लाभ मिल्नेछ। राशि परिवर्तन अवधिमा भाग्यको पूर्ण साथ दिनेछ । राशि परिवर्तनको प्रभावको कारण वृश्चिक राशिका व्यक्तिहरूले आम्दानीका धेरै स्रोतहरू प्राप्त गर्नेछन्। ज्योतिष शास्त्र अनुसार यस राशिमा बृहस्पति ग्रह बलवान हुनेछन् ।
धनु राशि
बृहस्पति ग्रहको यस राशि परिवर्तन धनु राशिका लागि वरदान साबित हुनेछ। राशि परिवर्तनको समयमा काममा उल्लेखनीय प्रगति हुनेछ। साथै भाग्यले पनि पूर्ण साथ दिनेछ । पहेलो वस्त्र धारण तथा पहेलो वस्तुसँग सम्बन्धित व्यापार गर्नाले आर्थिक लाभ हुनेछ। वास्तवमा बृहस्पतिको धनु राशिसँग गहिरो रहेको हुँदा यस राशिका व्यक्तिहरूलाई बृहस्पति ग्रहबाट पूर्ण सहयोग मिल्नेछ। हरेक काममा सफलता मिल्नेछ ।
कुम्भ राशि
यस बृहस्पति ग्रहको राशि परिवर्तन कुम्भ राशिका लागि निकै लाभदायी साबित हुनेछ । मीन राशिमा बृहस्पतिको राशि परिवर्तनले यस राशिका व्यक्तिको आर्थिक अवस्था क्रमश: सुधार हुनेछ । यसका साथै आम्दानीका नयाँ स्रोतहरु पनि सृजना हुनेछन् । यसका साथै व्यापार-व्यवसायमा दैनिक आम्दानी बढ्नेछ । लगानीका लागि राशि परिवर्तनको अवधि शुभ रहनेछ। बैंक ब्यालेन्स बढ्नेछ। जागिर खोज्नेहरूका लागि पनि राम्रो हुनेछ।