विवाहपछि अनिल कपूर बिना नै हनिमुनमा गइन् श्रीमती सुनिता कपुर, यस्तो छ कारण !

आज बलिउडका सबैभन्दा स्टा-इलिस अभिनेता अनिल कपूरको जन्मदिन हो । आज सामाजिक सञ्जालमा बलिउड सेलिब्रेटीहरूले अनिल कपूरलाई जन्मदिनको शुभकामना दिइरहेका छन् भने फ्यानहरूले पनि उनको सोसल मिडिया अकाउन्टमा शुभकामना दिइरहेका छन् । आज अनिल कपुरको दिन भएकोले, उनले फ्यानहरूलाई उनीसँग सम्बन्धित केही रोचक तथ्यहरूको बारेमा जानकारी गराउने छौँ ।


आज हामी यस पोस्ट मार्फत अनिल कपूरको प्रेम जीवनको बारेमा बताउने छौँ । अनिल कपुरले प्रेम विवाह गरेका थिए । अनिल कपुरले आफ्नो पहिलो र अन्तिम प्रेमिकालाई नै जीवन साथी बनाएका थिए । करियरको शुरुवातमा अनिल कपुर कामको लागि दिनभर घुम्ने गर्थे, राती उनी आफ्नो लागि गर्ल-फ्रेन्ड खोज्थे र यो काममा उनका साथीहरुले साथ दिए । त्यस समयमा उनकी श्रीमती सुनिता सफल मोडल थिइन् ।


अनिलले एक अन्तर्वार्तामा भनेका थिए, उनको सुनिता सँगको पहिलो भेट बसमा यात्रा गर्दा भएको थियो । त्यस समयमा कहिलेकाहीँ सुनिताले अनिलको बसको भाडा पनि तिर्ने गर्दथिन् । अनिलले संघर्ष गर्दा सुनिताले सधैँ साथ दिइन् । अनिलले सन् १९८५ मा ‘मेरी जंग’ फिल्म गर्ने अवसर पाएपछि सुनितालाई विवाहको लागि प्रस्ताव गर्ने निर्णय गरे । १७ मे १९८४ मा अनिलले फिल्म साइन गरे र १८ मेमा सुनितालाई विवाहको प्रस्ताव राखे र १९ मा दुवैले विवाह गरे ।


त्यसै समयमा अनिल कपूरले एक रोचक कुरा पनि बताएका थिए । जब सुनिता अनिल कपूर बिना विवाह भई तब अनिले विवाह गर्नु भन्दा पहिले साइन गरेको फिल्मको सुटिंगमा व्यस्त भए त्यस अनिल कपूरको श्रीमती सुनिता अनिललाई फिल्मबाट फुर्सद नभए पछि एक्लै हनिमुनमा गइन्। वास्तवमा, अचानक विवाहको कारण अनिल कपूर आफ्नो फिल्ममा धेरै व्यस्त थिए र उनले त्यस बेला हनिमूनको लागि समय निकाल्न सकेनन्। यस्तो अवस्थामा श्रीमती कपूर अनिल बिना नै हनिमुनमा गएकी थिइन् ।

प्रकाशित : आइतबार, पुष ११, २०७८१०:२८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

परिणीतिले लगाईन् धेरै खुलेको कपडा, भड्किए फ्यान्स