परिणीतिले लगाईन् धेरै खुलेको कपडा, भड्किए फ्यान्स

एजेन्सी : बलिउड अभिनेत्री परिणिती चोपडा(Parineeti Chopra)ले हालै आफ्नो इन्स्टाग्राममा आफ्नो पछिल्लो तस्बिर सेयर गरेकी छिन्, जसमा उनी का:_-मु*क अवतारमा देखिएकी छिन्। उनले फोटोको क्याप्सनमा ब्ल्याक हर्ट इमोजी मात्र राखेकी छिन्। उनको यस फोटो पोस्टमा फ्यान्सले उनको अलग पहिरन शैली र आत्मविश्वासको तारिफ गरेका छन्। यद्यपि उनी यस फोटोशूटको कारण आलोचित पनि बनेकी छिन्। केही ट्रोलर्सले उनले धेरै नै खुलेको कपडा लगाएको भन्दै व्यापक आलोचना गरेका छन्।

परिणीति चोपडाले फिल्मफेयर म्यागजिनको डिसेम्बर २०२१ अंकको लागि आफ्नो पछिल्लो फोटोशूट गराएकी हुन्। फोटोमा उनी पूर्ण रुपमा ब्ल्याक आउटफिटमा देखिएकी छिन्।

कामको कुरा गर्ने हो भने परिणीति छिट्टै कलर्सको शो ‘हुनरबाज – देश की शान’ बाट टेलिभिजन क्षेत्रमा कदम राख्दैछिन्। यस शोमा दर्शकले उनको फरक अन्दाज देख्न पाउनेछन्। दिग्गज अभिनेता मिथुन चक्रवर्ती(Mithun Chakraborty) र फिल्ममेकर करण जौहर(Karan Johar) सँग परिणीति यस रियालिटी शोमा जजको भूमिकामा देखिनेछिन्। हालै करणले एक पोस्ट सेयर गरेर यसको जानकारी दिएका थिए ।

यस बाहेक परिणीति निर्देशक सुरज बडजात्या(Sooraj Barjatya)को फिल्म ‘उँचाई’ मा देखिदैछिन्। यो फिल्ममा उनीसँगै शताब्दीका महानायक अमिताभ बच्चन पनि देखिनेछन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार यस फिल्ममा परिणीति एक पर्यटक पथप्रदर्शकको भूमिकामा देखिनेछिन्। यसबाहेक उनी ‘एनिमल’ मा पनि देखिनेछिन् । यस फिल्ममा उनी रणवीर कपूर(Ranbir Kapoor)को अपोजिटमा देखिनेछिन् ।

तस्बिर यहाँ हेर्नुहोस् : –

 

View this post on Instagram

 

A post shared by Parineeti Chopra (@parineetichopra)

प्रकाशित : आइतबार, पुष ११, २०७८१२:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

निकै सुन्दर यी बालकलाई चिन्नु भयो ? करोडौँ मानिसको मन मुटुमा राज गरेका छन् यिनले