काठमाडौँ : पुरुष होस् या महिला, सबैको हस्तरेखाले तिनको जीवनको बारेमा धेरै कुरा बताउँछ। हत्केलाका रेखाले व्यक्तिको कर्मको बारेमा बताउँछ। यसबाहेक, हत्केलाको रेखाले भविष्यको बारेमा पनि धेरै कुरा बयान गर्छ। साथै हत्केलाको रेखाले केही निशाना बनाउँछ।
ती निशानाले वर्तमान र भविष्यको शुभ-अशुभ घटनाहरुको सङ्केत दिन्छ। हस्तरेखा शास्त्र अनुसार युवतीहरुको हत्केलामा केही खास निशाना हुन्छ, जसले युवती भाग्यमानी हुने सङ्केत दिन्छ।
माछाको निशाना(Fish Mark in Palm) : –
हस्तरेखा शास्त्र अनुसार जुन युवतीको हत्केलामा माछाको निशाना हुन्छ, उनीहरुलाई निकै भाग्यमानी मानिन्छ। साथै यस्ता युवतीहरु परिवारको लागि पनि भाग्यमानी साबित हुन्छन्। हस्तरेखाका जानकारहरुका अनुसार यो निशाना भगवान विष्णुसँग सम्बन्धित हुन्छ।
स्वस्तिकको निशान(Swastik Mark in Palm) : –
युवतीहरुको हत्केलामा हुने स्वस्तिक निशानलाई पनि शुभ मानिन्छ। हत्केलामा स्वस्तिक चिन्ह हुने युवती धेरै भाग्यमानी हुन्छन्। यस्ता युवती धार्मिक र संस्कारी हुन्छन्। साथै, उनीहरु आफ्नो पतिको लागि पनि सौभाग्यशाली हुन्छन्। यसबाहेक धार्मिक क्षेत्रमा यिनले धेरै प्रगति गर्छन्।
शङ्खको निशान(Conch Sign in Palm) : –
युवतीको हत्केलामा रहेको शङ्खको निशानलाई शुभ सङ्केत मानिन्छ। हत्केलामा शङ्खको निशान हुने व्यक्ति भाग्यको मामिलामा धेरै अगाडी हुन्छन्। यसबाहेक यस्ता युवती निकै बुद्धिमान पनि हुन्छन्। यिनले जीवनमा सबै भौतिक सुख-सुविधाहरु प्राप्त गर्छन्। युवतीको सबै औँलाको टुप्पोमा शङ्खको निशान भए उनीहरु जीवनमा धेरै अगाडी बढ्छन्।