जब नयाँ वर्षको सुरुवात हुन्छ मानिस हरुमा विगतमा जस्तो भएपनि आगामी समय राम्रो होस् भने अपेक्षा राख्दछन् । मानिसहरुको पनि अनेक चाहना हुने गर्दछ । कसैले पैसा चाहन्छन् भने कसैले नाम कमाउन चाहन्छन् । योसँगै नयाँ वर्षमा असल र सुन्दर जीवनसाथी पाउनका लागि पनि पर्खिरहेका धेरै व्यक्तिहरु छन् । ज्योतिष शास्त्रका अनुसार यो वर्ष ५ राशिको जीवनमा जीवनसाथी मिल्ने प्रबल सम्भावना रहेको छ ।
विशेष गरेर नयाँ वर्षमा कर्कट राशिको लागि केही खास हुने भएको छ । जीवनसाथी पाउनको लागि पर्खिरहेका कर्कट राशिका मानिसहरुका लागि २०२२ शुभ साबित हुनेछ । यस समयमा कर्कट राशि भएका मानिस प्रेमी-प्रेमिका मात्रै भेट्दैनन्, उनीहरु विवाह पनि गर्नेछन् । तर विवाहको योगफल भने अप्रिल महिनापछि मात्र बनेको छ ।
सिंह राशि
सिंह राशिका व्यक्तिहरुको वैवाहिक जीवनमा भएको बाधा अब बिस्तारै हटेर जानेछ । शनिको राशि परिवर्तन हुनासाथ विवाहको सम्भावना बन्नेछ र अप्रिल र जुलाईको बीचमा विवाह हुने सम्भावना धेरै छ।
कन्या राशि
कन्या राशिका लागि नयाँ वर्ष शहनाईको प्रतिध्वनि ल्याउनेछ । जीवनसाथीको खोजी पूरा हुनेछ र अकस्मात विवाहको अवस्था सिर्जना हुनेछ। विवाहित हरुको दाम्पत्य जीवन सुमधुर हुनेछ ।
वृश्चिक राशि
वृश्चिक राशिका व्यक्तिहरूले जीवनसाथीको खोजीमा केही मिहिनेत गर्नुपर्ने हुनसक्छ तर सफलता अवश्य मिल्नेछ। यसका साथ-साथै नयाँ सम्बन्धले तपाईको जीवनमा भाग्यको उदय हुनेछ ।
मीन राशि
मीन राशिका व्यक्तिहरुको विवाह यो वर्ष निश्चित मान्न सकिन्छ । उनीहरुले वर्षको पहिलो महिनामा नै जीवनसाथी पाउनेछन् र छिट्टै विवाह बन्धनमा बाँधिनेछन् ।