रणवीर सिंहको फिल्म ‘८३’ रिलिज हुने बित्तिकै विभिन्न वेब साइटहरुमा लिक, कुन-कुन ?

एजेन्सी- बलिउड अभिनेता रणवीर सिंह अभिनित बहुप्रतिक्षित फिल्म ‘८३’ लामो प्रतिक्षापछि डिसेम्बर २४ अर्थात् आज शुक्रबारबाट हलमा रिलिज भएको छ । फिल्मले सन १९८३ मा भारतीय क्रिकेट टोलीले विश्वकप जितेको कथालाई देखाइएको छ । फिल्मले एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छ । यसैबीच अहिले यस फिल्मको बारेमा एक ठूलो खबर सार्वजनिक भएको छ ।

केही भारतीय मिडियाको रिपोर्ट अनुसार फिल्म रिलिज हुनेबित्तिकै पाइरेसीको सिकार भएको छ। यो चलचित्र टेलिग्राम र तमिल रकर्स जस्ता धेरै वेब साइटहरूमा एच-डी मा उपलब्ध भएको छ। मानिसहरूले यसलाई निःशुल्क अनलाइन हेर्न र डाउनलोड गर्न पनि सफल भएका छन्।

फिल्म रिलिज भएको केही घण्टामै पाइरेसीको सिकार हुनु निर्माताका लागि ठूलो चिन्ताको विषय बन्न सक्छ । हलमा ‘८३’ हेर्न आएका दर्शकले निकै तारिफ गरेका छन् भने लिक भएका कारण यसको बक्स अफिस कलेक्शन निकै ठुलो प्रभाव पर्न सक्ने अनुमान गरिएको छ । कोरोना भाइरस र ओमिक्रोनको डरले पहिले जसरी मानिहरु हलमा जान डराउँछन्।

बलिउड फिल्म रिलिज हुनेबित्तिकै अनलाइनमा लीक भएको यो पहिलो पटक भने होइन । यसअघि अक्षय कुमारको ‘सूर्यवंशी’, सलमान खानको ‘अन्तिम’, आहान शेट्टीको ‘तडप’ र आयुष्मान खुरानाको हालै रिलिज भएको फिल्म ‘चंडीगढ करे आशिकी’ पनि हालै पाइरेसीको सिकार भएका छन् ।

प्रकाशित : शुक्रबार, पुष ०९, २०७८१६:५६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आमिर खानको तेस्रो विवाहको खबरले दिक्क भइन् छोरी इरा भनिन् यो सबै सहन गा:ह्रो छ !