आमिर खानको तेस्रो विवाहको खबरले दिक्क भइन् छोरी इरा भनिन् यो सबै सहन गा:ह्रो छ !

एजेन्सी- अहिलेको समयमा बलिउड अभिनेता आमिर खानको सामाजिक सञ्जालमा निकै चर्चा बढेको छ । केही दीन पहिले देखि अभिनेताको एक तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्बिरमा अभिनेता आमिर खान र फातिमा साना शेख दुला दुलहीको भेषमा देखिएका छन् । तर भारतीय मिडियाको अनुसार उक्ता तस्बिर इडिट गरी कसैले बनाएको भनिएको छ ।

 

View this post on Instagram

 

A post shared by Ira Khan (@khan.ira)


अहिलेको समयमा अभिनेता आमिर खान उनको आगामी फिल्म ‘लाल सिंह चड्ढा’ लाई लिएर चर्चामा रहेका छन् । बलिउडका मिस्टर परफे-क्शनिस्टको उपनामले परिचित आमिर खान पछिल्लो समयमा आफ्नो पर्सनल लाइफका कारण पनि निकै चर्चामा छन् । अब उनकी छोरी इरा खानले पनि आमिर खानको तेस्रो विवाहलाई लिएर सामाजिक सञ्जालमा आएको खबरको बारेमा आफ्नो प्रतिक्रिया दिएकी छिन् ।

इरा खानले हालै भनेकी थिइन् कि ‘जब मलाई मेरो बुबा तेस्रो पटक बिहे गर्न लागेका खबर सुने तब म निकै डिप्रेशनमा गएकी थिएँ । मेरो बुबाले तेस्रो विवाह गर्नुभयो भने, म यो सहन गर्न सक्दिन ।

विगतमा आमिर खान आफ्नी श्रीमती किरण रावसँग डिभोर्स गरेपछि चर्चामा आएका थिए भने त्यस समयदेखि आमिर खानको तेस्रो विवाहको चर्चा चलिरहेको छ । सामाजिक सञ्जालमा दिनप्रतिदिन यससँग सम्बन्धित केही नयाँ-नयाँ खुलासा भइरहेका छन् । यसै समयमा हालै आमिर खानको विवाहको बारेमा उनकी छोरी इरा खानले यस्तो खुलासा गरेकी हुन् ।


आमिर खानको नयाँ फिल्म लाल सिंह चड्ढा २०२२ मा रिलिज हुँदैछ । यस फिल्ममा आमिर खानसँग करीना कपूरले महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छिन् । आमिर र फातिमा सना शेखको विवाहको चर्चा जताततै भएको थियो, त्यसपछि आमिर खानकी छोरी इरा खानले केही कुरा भनेकी थिइन् । यदि यो विवाह भयो भने आफूले सहन नसक्ने स्पष्ट पारेकी छन् ।

प्रकाशित : शुक्रबार, पुष ०९, २०७८१७:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामन्थालाई ५० करोड लुट्ने डिभोर्सी-सेकेन्ड ह्याण्ड आइटम भनेपछि दिईन् यस्तो जवाफ…