यदि शनिदेव कुनै व्यक्तिप्रति दयालु हुन्छन् भने उक्त मानिसको जीवन सुखले भरिपूर्ण हुन सक्छ तर शनिदेवको अशुभ प्रभावले धनी भन्दा धनीको धनलाई पनि खाली गर्न सक्छ। ज्योतिषशास्त्रका अनुसार शनिको राशि परिवर्तनले व्यक्तिको जीवनसँग गहिरो सम्बन्ध राख्छ। शनिले सबै ग्रहहरूमा सबैभन्दा ढिलो चालमा राशि परिवर्तन गर्दछ। यसले साढे दुई वर्षमा एक पटक राशि परिवर्तन गर्छ। शनि अहिले मकर राशिमा छ र २०२२ मा यो आफ्नै राशि कुम्भ राशिमा प्रवेश गर्नेछ। आउनुहोस् जानौं शनि गोचरपछि शनिको ढैय्या र साढे सातीले कुन राशिलाई असर गर्छ।
कहिले हुन्छ शनिको राशि परिवर्तन ?
सूर्य पुत्र शनि २९ अप्रिल २०२२ मा कुम्भ राशिमा प्रवेश गर्नेछन्। शनिले साढे दुई वर्षमा एक पटक राशि परिवर्तन गर्छ। त्यही अनुसार ३० वर्षपछि शनि स्वराशी कुम्भमा फर्किँदैछ। कुम्भ राशिको स्वामी ग्रह शनि हुन्। शनिको राशिचक्र ३० महिना अर्थात् साढे दुई वर्षमा पूरा हुन्छ।
शनिको साढे साती
ज्योतिषीहरुका अनुसार सन् २०२२ मा शनि कुम्भ राशिमा प्रवेश गर्ने वित्तिकै धनु राशिका मानिसहरु शनिको साढे सातीबाट मुक्त हुनेछन्। जबकि यसको पहिलो चरण मीन राशिमा सुरु हुनेछ। त्यस्तै, कुम्भ राशिका लागि साढे सतीको दोस्रो चरण सुरु हुनेछ। र यसको अन्तिम चरण मकर राशिमा सुरु हुनेछ।
शनिको ढैय्या
शनिको ढैय्याको कुरा गर्ने हो भने सन् २०२२ मा यसको गोचरपछि कर्कट र वृश्चिक राशिका मानिसहरु ढैय्यामा आउनेछन्। त्यसैले ज्योतिषीहरूले यी दुई राशिका व्यक्तिहरूलाई सावधान रहन सल्लाह दिइरहेका छन्। यसका साथै मिथुन र तुला राशिका व्यक्तिहरूलाई शनिको ढैय्याबाट मुक्ति मिल्नेछ।
शनिको उपाय
यदि कुनै व्यक्ति शनिको साढे साती वा ढैय्याको नकारात्मक प्रभावको शिकार भईरहेको छ भने त्यसबाट मुक्ति पाउने उपाय पनि बताईएको छ। शनिदेवको प्रकोपबाट बच्न शनिबार शनिदेवको मूर्तिमा तोरीको तेल चढाउनुपर्छ। पिपलको रूखको पूजा गर्नुहोस्। शनिको मुर्ति र पीपलको अगाडि दीप बाल्नुहोस्। शनिसँग सम्बन्धित चीजहरू जस्तै तेल, फलाम, कालो दाल, कालो जुत्ता, कालो तिल, कस्तुरी आदि दान गर्नुहोस्।