ज्योतिष शास्त्रमा १२ वटा राशिको वर्णन गरिएको छ। हरेक राशिका मानिसहरुको स्वभाव फरक-फरक हुन्छ। राशिको आधारमा व्यक्तिको भविष्यबारे पनि जानकारी प्राप्त गर्न सकिन्छ। ज्योतिष मान्यता अनुसार १२ राशिमध्ये २ राशि यस्ता हुन्छन् जो हरेक कार्यमा सफल हुन्छन्। यी राशिमा हनुमानजीको विशेष कृपा हुन्छ। हनुमानजीको विशेष कृपा भएका व्यक्तिले जीवनमा कुनै पनि प्रकारको समस्याको सामना गर्नुपर्दैन्।
हनुमानजीको कृपाले व्यक्तिका सबै मनोकामना पूरा हुन्छ। हनुमान जी शीघ्र प्रसन्न हुने देवता हुन्। भनिन्छ, हनुमानजीको साँचो मनले पूजा गर्ने भक्तलाई कुनै कमी हुनेछैन। बजरंगबलीको कृपाले बिग्रिएका कामहरु बन्छ। बजरंगबलीको कृपाले कुन २ राशिलाई सबै काममा सफलता मिल्छ जानौं ।
मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
ज्योतिष शास्त्रका अनुसार हनुमान जी मेष राशिका व्यक्तिहरूप्रति धेरै दयालु हुन्छन्। बजरंगबलीले यस राशिका मानिसहरूको हरेक समस्या समाधान गर्छन्। यस राशिका मानिसहरुमा इच्छाशक्ति र ध्यान केन्द्रित गर्ने क्षमता बढी हुन्छ। उनीहरू बुद्धिमान र चतुर हुन्छन्। उनीहरुलाई धनको अभाव हुँदैन। मेष राशिका मानिसहरु हनुमान जीको कृपाले सबै काममा सफल हुन्छन्।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कुम्भ राशिका मानिसहरुमाथि हनुमान जीको विशेष कृपा हुन्छ। यस राशिका व्यक्तिहरूले करियरमा उचाइ प्राप्त गर्छन्। धन आर्जनको अवसर मिलिरहन्छ। हनुमान जीको कृपाले कुम्भ राशिका व्यक्तिहरूलाई हरेक काममा सफलता मिल्छ। कुम्भ राशिका व्यक्तिहरूले जीवनमा धेरै मान-सम्मान पाउँछन्।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
बजरंगबलीले सिंह राशिका मानिसहरूलाई आउने सबै संकटबाट बचाउँछ। हनुमान जीले यस राशिका मानिसहरूलाई ठूला-ठूला समस्याबाट निकाल्छन्। हनुमान जीको कृपाले सिंह राशिका मानिसहरूलाई कहिल्यै धनको कमी हुँदैन। सिंह राशिका मानिसहरूले जागिर र व्यापारमा सधैं प्रगति गर्छन्।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
हनुमान जीको कृपाले यस राशिका मानिसको काममा बाधा कम आउँछ। बजरंगबलीको कृपाले वृश्चिक राशिका व्यक्तिहरूले सफलता प्राप्त गर्नेछन्। उनीहरुलाई धनको अभाव कम हुन्छ। वृश्चिक राशिका मानिसहरु हनुमानजीको कृपाले हरेक काममा सफल हुन्छन् ।