आचार्य चाणक्यले सफल र सुखी जीवनका लागि धेरै कुरा बताउनुभएको छ । यदि यी कुराहरूलाई जीवनमा प्रयोगमा ल्याउने हो भने धेरै कठिनाइहरू स्वत: समाप्त हुने मात्र नभई व्यक्तिले जीवनको वास्तविक आनन्द पनि लिन सक्नेछ। चाणक्य नीतिमा केही कामको बारेमा पनि चेतावनी दिइएको छ । जुन काम गर्नाले जीवनमा ठूलो समस्या ल्याउन सक्छ।
आज हामी यस्तो कामको बारेमा बताउनेछौँ जुन काम गर्नु अघि एक व्यक्तिले १०० पटक सोच्नु पर्छ किनभने उसले आफ्नो जीवनभरको लागि यो कामकको कारण ठूलो मूल्य चुकाउनु पर्छ। आचार्य चाणक्य भन्छन् कि कुनै पनि व्यक्तिको राम्रो कामको प्रशंसा गर्नु राम्रो कुरा हो। यसो गर्नु भनेको तपाई ठूलो मन भएको व्यक्ति हुनुको संकेत पनि हो ।
तपाई कुनै व्यक्तिलाई राम्रो काम गर्न प्रोत्साहन गर्नु हुन्छ। त्यसता व्यक्तिको मनमा तपाईको लागि आदर पैदा हुन्छ । तर यसको विपरित तपाई कसैको अपमान गर्नु हुन्छ भने यसको परिणाम तपाईलाई भारी पर्ने सक्छ । त्यसैले कसैको अपमान गर्नु अघि १०० पटक सोच्नुहोस्। आचार्य चाणक्य भन्छन्, अपमानको चुस्की निकै तितो हुने गर्दछ ।
यो विष जस्तै हो र अपमानित व्यक्तिले यसलाई सधैँ आफ्नो भित्र मनले महसुस गर्दछ। उसको मन भित्र बदलाको आगो सधैँ बलिरहेको हुन्छ। मौका मिल्नेबित्तिकै आफूलाई अपमान गर्नेलाई सबैभन्दा ठूलो हानि गर्न उ चुक्दैनन्। त्यसैले कसैको अपमान गर्नु हुँदैन। यस्तो कार्यले तपाईलाई ठूलो समस्यामा मात्र नभई तपाईको छविलाई पनि ध्वस्त पार्न सक्छ।