काठमाडौँ : सबैभन्दा प्रभावशाली ग्रह सूर्य धनु राशिमा रहँदै गर्दा बुध पुष ६ गते(२१ डिसेम्बर) मंगलबार उदय भएको छ। दुवै ग्रह धनु राशिमा हुँदा बुधादित्य योग बनेको छ, जुन पुष १४ गते(२९ डिसेम्बर) बुधवारसम्म रहनेछ। बुधादित्य योग बनिरहँदा धेरै राशिका मानिसहरुलाई लाभदायी रहनेछ।
कार्तिक २७ गते(१३ नोभेम्बर) बाट बुध ग्रह अस्ताएको थियो। जुन करिब ३९ दिनसम्म अस्ताएर पुष ६ गते साँझ उदाएको हो। यसको उदयसँगै धनु राशिमा बन्ने बुधादित्य योगको शुभ प्रभाव अझ बढ्नेछ। विशेष कुरा यो छ कि दुवै दुवै ग्रहमा कुनै शत्रु या पापी ग्रहको नजर पर्नेछैन्। यसकारण सबै राशिमा यस शुभ योगको पूरा प्रभाव देखिनेछ।
ज्योतिषाचार्यका अनुसार यस शुभ योगको प्रभावले कृष्टि क्षेत्रमा उत्पादन वृद्धि हुनेछ। शेयर बजारसँग सम्बन्धित व्यक्तिले लाभ पाउनेछन्। ठूलो लगानी र लेनदेन हुनेछ। सञ्चारमाध्यम र अड्डाअदालतसँग सम्बन्धित व्यक्तिहरुका लागि समय राम्रो रहनेछ।
यो शुभ योगबाट विद्यार्थीले शैक्षिक क्षेत्रमा अगाडी बढ्न नयाँ अवसर प्राप्त गर्नेछन्। यसका साथसाथै व्यापारिक क्षेत्रमा पनि भरपूर लाभको सम्भावना रहेको छ ।
धनु राशिमा बनेको बुधादित्य योगको शुभ प्रभाव वृष, कर्कट, तुला, वृश्चिक, कुम्भ र मीन राशिका व्यक्तिहरुमा रहनेछ। यी राशिका व्यक्तिहरुले जागिर र व्यवसायमा अगाडी बढ्ने मौका पाउनेछन्। लेनदेन र लगानीमा फाइदा हुनेछ। सरकारी कर्मचारीले बढुवा पाउन सक्छन्।
यी बाहेक मेष, मिथुन, सिंह, कन्या, धनु र मकर राशिका लागि समय सामान्य रहनेछ। यी ६ राशिका व्यक्तिले आफ्ना कामकाजमा सावधानी अपनाउनु पर्ने हुन्छ । मिहिनेत गरे पनि कम लाभ मिल्नेछ।