एजेन्सी- बलिउड अभिनेत्री सुस्मिता सेन लामो समयदेखि रोहमन शालसँग रिलेशनशिपमा थिइन् तर अहिले उनीहरुको सम्बन्धको अन्त्य भएको छ । केही दिनदेखि उनीहरुको ब्रेकअपको खबर मिडियामा आएको थियो । अब अभिनेत्री स्वयमले पनि यो खबरको पुष्टि गरेकी छिन् । उनले आफ्नो इन्स्टाग्राम पोस्टमा रोहमनसँगको सम्बन्ध समाप्त भएको लेखेकी छिन् ।
View this post on Instagram
बिहीबार साँझ रोहमनसँगको आफ्नो एक तस्बिर सेयर गर्दै सुस्मिताले लेखेकी छिन्, ‘सम्बन्ध मित्रताबाट सुरु भयो, हामी साथी नै रह्यौं । सम्बन्ध धेरै पहिले टुट्यो… माया अझै छ।’ अहिले सुस्मिताको यो पोस्ट सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल हुन थालेको छ । नायिकाका फ्यानहरु पनि उनको यस्तो पोस्ट देखेर अभिनेत्री प्रति निराश भएका छन् ।
सुस्मिता र रोहमनको मित्रता सामाजिक सञ्जालबाट मात्र सुरु भएको थियो । बिस्तारै दुवैको यो मित्रता प्रेममा परिणत भयो र पछि उनीहरु सँगै बस्न थाले । सुस्मिताले यो सम्बन्ध कसैबाट लुकाएर राखिनन् । तर रोहमन अभिनेत्री सुस्मिता भन्दा १५ वर्ष कान्छा छन् । जसका कारण सुरुमा दुवैले ट्रोलिङको सामना गर्नु परेको थियो तर उनीहरुले यसतर्फ कहिल्यै ध्यान दिएनन् । ३ वर्षसम्म सम्बन्धमा रहेपछि अहिले दुवै अलग भएका छन् ।