सन २०२२ जनवरी १ बाट चम्किने छ यी ३ राशिको भाग्य, हुनेछ दुवै हातमा लड्डु !

काठमाडौँ : ग्रहहरूको राशि परिवर्तनले शुभ र अशुभ दुवै पक्षमा प्रभाव पार्छ। ज्योतिष शास्त्र अनुसार सन् २०२२ केही राशिका लागि निकै शुभ रहनेछ । यी राशिका व्यक्तिहरुलाई २०२२ मा भाग्यको पूर्ण साथ मिल्ने छ । जनवरी १, २०२२ देखि कुन राशिका मानिसको भाग्यमा परिवर्तन ल्याउनेछ आज यस पोस्ट मार्फत जानकारी गराउने छौँ ।

मेष राशि

मेष राशिका मानिसका लागि यो वर्षको सुरुवात वरदान साबित हुनेछ । ग्रहको राशि परिवर्तन हुनासाथ मेष राशिका मानिसले दाम्पत्य जीवनमा सुख प्राप्त गर्ने छन् । हरेक काममा जीवनसाथीको पूर्ण सहयोग मिल्नेछ। धार्मिक तथा अध्यात्मिक कार्यमा बढी लगाव रहनेछ । यस राशिका मानिसहरुको लागि यो समय शुभ रहनेछ । कुनै विषयमा अनुसन्धान गरिरहनु भएको छ भने कामको सिलसिलामा विदेश जाने सम्भावना छ । यस समयमा भएको वैदेशिक यात्राले कार्यस्थलमा बल मिल्नेछ। काममा प्रगतिको सम्भावना रहेको छ । नयाँ सवारी साधन किन्न सक्नुहुन्छ।

सिंह राशि

सिंह राशिका लागि वर्षको शुरुवातबाट आगामी ९ दिन निकै शुभ रहनेछ । धन लाभ हुनेछ, आर्थिक पक्ष सुदृढ हुनेछ । दाम्पत्य जीवनमा पति- पत्नी बिचमा प्रेम बढ्नेछ। परिवारमा धेरै समय बित्नेछ। घरका सबै सदस्यसँग समय बिताउने समय रहनेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि यो समय निकै शुभ रहनेछ ।

कन्या राशि

कन्या राशिको लागि यो वर्षले शुभ समाचार ल्याउने छ । शुभ फल प्राप्त हुनाले मनोबल बढ्नेछ । काममा सफलता मिल्ने पूर्ण सम्भावना छ । नयाँ सवारी साधन खरिद गर्ने योग बनेको छ । परिवारका सबै सदस्यबाट पूर्ण सहयोग मिल्नेछ। धन लाभले आर्थिक पक्ष सुदृढ हुनेछ । जीवन साथीसँग राम्रो समय बित्नेछ।

प्रकाशित : शुक्रबार, पुष ०९, २०७८१३:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पुष १४ गतेसम्म बनिरहनेछ शुभ योग : यी ६ राशिका लागि रहनेछ लाभदायी, बन्नेछ रोकिएका काम