शनिदेवको कृपाले सन २०२२ मा यी ३ राशिको हुनेछ सुखद सुरुवात, हुनेछ लाभै-लाभ

ग्रहहरूको चालमा परिवर्तनले मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। यो राम्रो वा नराम्रो प्रभाव तबसम्म प्रभावकारी रहन्छ जबसम्म ग्रहहरू त्यस स्थानमा रहन्छन्। शनि सबैभन्दा प्रभावशाली ग्रहहरू मध्ये एक हो। यसको नराम्रो नजरले अशुभ परिणाम दिन्छ भने शनिको कृपा कुनै राशिमा भयो भने त्यस राशि भएका मानिसको जीवनलाई फरक र सुखमय बनाउँछ।

शनिले सन २०२१ मा कुनै पनि राशि परिवर्तन गरेको छैन। अब यो वर्ष सन २०२२ मा शनि राशि परिवर्तन गर्ने भएका छन् । शनि अहिले मकर राशिमा छन् र यो राशिमा अप्रिल २९ सन २०२२ सम्म रहनेछ। यस अवधिमा शनिको ३ राशिका सकारात्मक प्रभाव पर्ने भएका छन् । यसपछि शनि कुम्भ राशिमा प्रवेश गर्नेछ। तर त्यसअघि यी ४ महिनामा ३ राशिका व्यक्तिको भाग्य परिवर्तन हुने भएको छ ।

मेष राशि

मेष राशिका मानिसको यस समयमा आर्थिक समस्या समाधान हुनेछ । यस यस राशि परिवर्तनको समयमा मेष राशिमानिसलाई आर्थिक लाभ हुन्छ, जसको कारण पहिले देखि भएको आर्थिक समस्या समाधान हुनेछ । घर-परिवारमा खुसी बढ्ने छ ।

कर्कट राशि

कर्कट राशिका लागि अप्रिल २९ तारिकको समय निकै सफलदाही रहनेछ । कर्कट राशिका मानिसको आर्थिक अवस्था बलियो हुनेछ । सामाजिक मान सम्मान मिल्नेछ ।

कन्या राशि

कन्या राशिका व्यक्तिहरूले २०२२ को पहिलो ४ महिनामा उन्नतिको प्रशस्त अवसर प्राप्त गर्नेछन्। जागिर तथा व्यापार दुवैमा फाइदा हुनेछ । धन लाभ हुनेछ । पदोन्नतिको सम्भावना रहेको छ ।

शनिबार गर्नुहोस् यस्ता काम

यी राशिहरु बाहेक अन्य राशिका व्यक्तिहरूले शनिदेवको कृपा प्राप्त गर्न शनिबार केही उपाय अपनाउनु होस् । शनिबारको दिन पिपलको रुखमुनि तोरीको तेलको दियो बालेर शनिसँग सम्बन्धित वस्तु दान गर्नाले धेरै लाभ मिल्नेछ। यस बाहेक गरिब र असहायलाई सहयोग गर्दा शनि छिट्टै प्रसन्न हुन्छन्।

प्रकाशित : शुक्रबार, पुष ०९, २०७८१२:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन २०२२ जनवरी १ बाट चम्किने छ यी ३ राशिको भाग्य, हुनेछ दुवै हातमा लड्डु !