हिन्दु धर्ममा ग्रहहरुको राशि परिवर्तनलाई निकै महत्त्व पूर्ण मानिन्छ । जब कुनै पनि ग्रहले राशि परिवर्तन गर्छ त्यसको प्रभाव केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ । त्यसतै अबको केही दिनमा नयाँ वर्ष सन २०२२ सुरु हुँदैछ । यस सँगै नयाँ वर्ष सुरु हुनु भन्दा पहिले २९ डिसेम्बर २०२१ मा बुध ग्रह मकर राशिमा प्रवेश गर्ने भएको छ ।
बुध ग्रह अब यस राशिमा सन २०२१ जनवरी सम्म उनीहरु यस राशिमा रहनेछन् । बुद्धि, संवाद तर्क र करियरमा प्रभाव पार्ने बुधले यस राशि परिवर्तनको अवधिमा १२ राशिमा शुभ र अशुभ प्रभाव पार्नेछ। बुधको यो गोचरले ५ राशिका मानिसमा नराम्रो प्रभाव पार्नेछ र जीवनका केही पक्षमा समस्या ल्याउनेछ ।
मेष राशि
मेष राशिका व्यक्तिहरूले यस अवधिमा केही चुनौतीहरूको सामना गर्नुपर्नेछ। विशेष गरी नयाँ कामको थालनी गर्न लागेकाहरूले आर्थिक अभावको सामना गर्नुपर्ने हुन सक्छ।
मिथुन राशि
मिथुन राशिका मानिसहरूले स्वास्थ्य सम्बन्धी समस्याको सामना गर्नु पर्नेछ। छालाको समस्या, एलर्जी वा अनिद्राको समस्या हुन सक्छ। सन्तुलित आहार लिनु र सरसफाइमा ध्यान दिनु राम्रो हुनेछ ।
सिंह राशि
सिंह राशिका व्यक्तिहरूले परिवारमा केही विवादको सामना गर्नुपर्नेछ। आमासँग कुरा गर्दा सावधानी अपनाउनु राम्रो हुन्छ। साथीभाइसँग पनि विवाद हुनसक्छ ।
मकर राशि
मकर राशिका मानिसलाई निद्रा यस समयमा नलाग्ने समस्या पनि हुन सक्छ । यसका साथै स्नायु प्रणालीसँग सम्बन्धित समस्याले सताउने सम्भावना पनि रहन्छ । तनावबाट टाढा रहनु र ध्यान आदिको सहारा लिनु राम्रो हुनेछ।
कुम्भ राशि
कुम्भ राशिका लागि बुधको गोचर राम्रो छ भन्न सकिँदैन। उनीहरूले जीवनका धेरै कठिनाइहरूको सामना गर्नुपर्ने हुन सक्छ। मेहनत गरेपछि मात्र फल मिल्छ। अनावश्यक यात्रा हुनेछ ।