प्रचण्डले कुरा बुझ्न सकेनन्, नेकपाका अध्यक्ष केपी शर्मा ओली

प्रचण्ड अहिलेको स्थानसम्म आउन आफूले हात र साथ दिएको कारणले भएको नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । बिहिबार भएको न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्ताको क्रममा माओवादीलाई बुर्जुपा पार्टी बनाउन चाहनेहरुले आफ्नो विरोध गरेको ओलीले बताएका छन् ।

माओवादी केन्द्र अहिले यो स्थानमा आउनुमा आफ्नो साथ सहयोग रहेको ओलीले बताएका छन् । साथै प्रचण्डलाई अहिले आफुले साथ सहयोग गरेर यो स्थानमा ल्याउँदा पनि प्रचण्डले कुरा नबुझेको ओलीले बताएका छन् ।

वर्तनमा सरकार जनताले चाहे अनुसार नभएको र आफू सरकारमा हुँदा विकासको लहर ल्याएको बताएका छन् । हेलिकोप्टरबाट पर्सा पुगेका ओलीले पार्टीले आयोजना गरेको सन्देश सभा र बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पर्सा पुगेका थिए ।

बृहत पार्टी प्रवेश कार्यक्रममा प्रदेश २ का एमाले इन्चार्ज रघुवीर महासेठ, सहइन्चार्ज ज्वाला साह, पूर्व मन्त्री पोलिटब्युरो सदस्य लिला श्रेष्ठ, पोलिटब्युरो सदस्य सुमन प्याकुरेल , पुरुसोत्तम पौडेल, जुली महतो, केन्द्रीय सदस्य राजकुमार गुप्ता,  निर्मला देवकोटा लगायतका नेताहरु सहभागी भएका थिए ।

प्रकाशित : बिहिबार, पुष ०८, २०७८१८:०९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सीके राउतको प्रहरी प्रमुख एसपीलाई धम्की, बजारको बिच चोकमा जनकारबाही गर्ने