हस्तरेखा शास्त्रका अनुसार हत्केलाका रेखाहरूले व्यक्तिको जीवनमा हुने सबै उतार-चढावहरू बताउँछन्। जसरी हस्त रेखाको महत्त्व हुन्छ त्यसै गरी नै हत्केलामा रहेका केही विशेष चिन्हहरूले भविष्यको बारेमा धेरै कुरा बताउँछ । हत्केलामा रहेका केही यस्ता चिन्हहरू हुन्छन् जुन धेरै शुभ हुन्छन् र आगामी दिनमा हुने आर्थिक अवस्थाको बारेमा बताउँछन्।
यसको साथै यी चिन्हहरूले जीवनमा प्राप्त हुने धन र सम्पतिलाई पनि संकेत गर्छ। हस्तरेखा शास्त्रमा हत्केलाको कुन कुन चिन्हलाई शुभ मानिन्छ हेर्नुहोस् ।
हत्केलामा कमलको चिन्ह
हस्तरेखा शास्त्रका अनुसार जो व्यक्तिको हत्केलामा कमलको चिन्ह हुन्छ । उसलाई अखण्ड सौभाग्य र साम्राज्य प्राप्त हुन्छ। साथै यस्तो व्यक्ति आफ्नो जीवनमा ठूलो उद्योगपति बन्छ। यस बाहेक धेरै मानिसहरु आफ्नो सेवामा लागेका छन् । तर, यस्तो चिन्ह भएका केही व्यक्तिहरू अहंकारी पनि हुन्छन्।
हत्केलामा शंख चिन्ह
जसको हत्केलामा शंखको चिन्ह हुन्छ, उनीहरु जीवनमा कहिल्यै असफल हुँदैनन् । यसको साथै औँलाहरुमा शंखको चिन्ह हुनु पनि शुभ मानिन्छ। जसका औँलाहरु शंखको चिन्ह बनेको हुन्छन् । उनीहरुलाई शत्रुले पनि केही बिगार्न सक्दैन । साथै यस्ता व्यक्तिहरूले जीवनको हरेक मोडमा विजय प्राप्त गर्छन्।
हत्केलामा चक्रको चिन्ह
चक्र भगवान विष्णुसँग सम्बन्धित छ। हस्तरेखा शास्त्रका अनुसार यो चिन्ह धेरै भाग्यशाली व्यक्तिको हत्केलामा मात्र हुने मान्यता रहेको छ । लाखौँ मध्ये एक व्यक्तिको हत्केलामा चक्र चिन्ह हुन्छ। जसको हत्केलामा चक्र हुन्छ, उनीहरुलाई अतुलनीय धन-सम्पत्ति प्राप्त हुन्छ। साथै यस्ता व्यक्तिलाई राजकीय समान र प्रतिष्ठा प्राप्त हुन्छ ।