श्रीमान्–श्रीमतीको सम्बन्धलाई सबैभन्दा पवित्र सम्बन्ध मानिन्छ । आचार्य चाणक्यले आफ्नो नीति शास्त्रमा श्रीमान् श्रीमतीको सम्बन्धको बारेमा धेरै कुराहरू भनेका छन्। उनले यो सम्बन्धलाई मजबुत बनाउने उपाय पनि बताएका छन् । यसका साथै सम्बन्धलाई बलियो बनाउनको लागि केही कुराबाट बच्न पनि भनिएको छ । आज हामी ती चीजहरूको बारेमा बताउने छौँ, जसबाट प्रत्येक पति र पत्नीले टाढा रहनुपर्छ। अन्यथा उनीहरुको सम्बन्ध बिग्रिन समय लाग्दैन ।
सुखद दाम्पत्य जीवनको लागि निकै खस हुन्छन् यस्ता कुरा
यदि श्रीमान श्रीमतीको चाहना हो भने सम्बन्धमा कुनै किसिमको फाटो नआओस् वा सम्बन्ध कहिले टुट्ने अवस्थामा नपुग्नुस् भन्नका लागि उनीहरूले केही कुराहरूलाई सधैँ ध्यानमा राख्नुपर्छ। जहिले पनि सम्बन्धमा माया भन्दा पहिले आउने गर्छ एक-अर्कोले गर्ने सम्मान श्रीमान्–श्रीमतीको सम्बन्धमा प्रेम हुनु जरुरी छ तर एक अर्कालाई सम्मान गर्नु पनि उत्तिकै जरुरी छ । सधैँ सम्झनुहोस् कि सबैको गर्नु पर्छ । श्रीमान्–श्रीमतीको सम्बन्ध एक समान सम्बन्ध हो, जहाँ सम्मानको सन्तुलन पनि धेरै महत्त्वपूर्ण हुन्छ। नत्र यो सम्बन्ध जुनसुकै समयमा टुट्न सक्छ ।
श्रीमान्–श्रीमती बीच वादविवाद र कहिले झगडा हुने सामान्य कुरा हो । तर अरुको अगाडि एक अर्कालाई गाली गर्नु वा कमि कमजोरी भन्नुले यो सम्बन्धलाई ओझेलमा पार्न सक्छ। ठट्टामा पनि यस्तो गल्ती कहिल्यै नगर्नुहोस्।
जीवनमा सुख र दु:ख दुवै आउँछन्। पति र पत्नीले नराम्रो र खराब समयमा एक-अर्कालाई साथ दिनुपर्छ। तर दु:खको समयमा
साना साना कुरामा पनि खुसी, आनन्द लिन नछुटाउनुहोस्। यसो गर्नाले तपाईको वैवाहिक सम्बन्ध पनि मजबुत हुन्छ र तपाईलाईको यस्तो बानीले जीवनमा आउने विभिन्न समस्याबाट टाढा राख्छ।