धन हरेक मानिसको जीवनमा महत्त्वपूर्ण हुन्छ । जब मानिसको जीवनमा धनको अभाव हुन्छ तब जीवन शून्य लाग्छ। आचार्य चाणक्यले पनि धन र यसको सदुपयोगको बारेमा बताउनुभएको छ । पैसा बिनाको सुख र विकासको बारेमा मानिसले केही सोच्न सक्दैन । किनभने कलियुगमा पैसा बिना सबै अधुरो छ।
अहिलेको समयमा मानिसलाई पैसा सजिलै उपलब्ध हुँदैन । धन प्राप्त गर्नको लागि तपाईले जीवनमा कडा परिश्रम गर्नुपर्छ। अर्कोतर्फ चाणक्यका अनुसार कुनै पनि व्यक्तिमा यस प्रकारका गुणहरू भए मात्रै लक्ष्मीको कृपा प्राप्त हुने मान्यता रहेको छ ।
रुखो बोली भएका मानिससँग रुष्ट हुन्छिन् माता लक्ष्मी
चाणक्यका अनुसार हरेक व्यक्तिले आफ्नो बोलीमा सधैँ मिठास राख्नुपर्छ । जसको बोलीमा मिठास हुँदैन उसले अरुको अपमान सहनु पर्छ । तीतो कुरा बोल्ने हारको घर तथा हातमा लक्ष्मी कहिल्यै आउँदैन। साथै व्यापारको मामिलामा उही व्यक्ति सफल हुन्छ जसको बोली मीठो हुन्छ। बोली नराम्रो भयो भने धनकी देवी सदाको लागि टाढा जान्छिन् ।
सहकर्मीहरूलाई सम्मान गर्नुहोस्
आचार्य चाणक्यका अनुसार कार्यस्थलमा आफूसँग काम गर्नेलाई सम्मान गर्ने व्यक्तिमा देवी लक्ष्मीको कृपा हुने गर्दछ । साथै उनीहरु तपाईको आफ्नो अधिकारको रक्षा गर्न सधैँ साथ दिन्छन् । सहकर्मीप्रति यस्तो मनोवृत्ति हुने मानिसमा सधैँ लक्ष्मी प्रसन्न हुन्छिन् ।
दान-पुण्य गर्न मानिस
आचार्य चाणक्यले दानलाई विशेष महत्व दिएका छन् । चाणक्य भन्छन्– धनी व्यक्तिले जीवनमा दान गरिरहनुपर्छ । दान गर्नाले अशुभ ग्रहको दोष हट्छ । जसका कारण जीवनमा सकारात्मक उर्जा प्रवाह हुन्छ ।
यस्तो घरमा हुन्छ माता लक्ष्मीको कृपा
चाणक्य नीति अनुसार त्यस घरमा धनकी देवी लक्ष्मीको वास हुन्छ, जुन घरमा कहिले पनि झगडा हुँदैन । जुन घरमा सबै सदस्यले एक-अर्कोलाई माया गर्छन् त्यहाँ लक्ष्मी माता बस्छिन्। यस बाहेक जुन घरमा श्रीमान्–श्रीमतीमा मिठास तथा माया रहिरहन्छ,कहिल्यै झगडा हुँदैन, त्यहाँ लक्ष्मीको बास हुन्छ ।