ज्योतिष शास्त्रका अनुसार नौ ग्रहहरूमध्ये शनि सबैभन्दा सुस्त गतिमा चल्छ। शनिदेवलाई एक राशिबाट अर्को राशिमा जान साढे दुई वर्ष लगाउँछन्। ज्योतिष शास्त्रका अनुसार शनिको प्रभाव हरेक मानिसको जीवनमा एक पटक आउने गर्दछ ।
शनिदेवको साढेसातीबाट पीडित मानिसहरू सात वर्षसम्म कष्टमा पर्ने सक्ने बताइएको छ । सात वर्षसम्म रहने शनिको यो दशालाई साढेसाती भनिन्छ। ज्योतिष शास्त्रका अनुसार नौ ग्रहहरूमध्ये शनि सबैभन्दा सुस्त गतिमा चल्छ। शनिदेवलाई एक राशिबाट अर्को राशिमा जान साढे दुई वर्ष लाग्छ।
थाहा पाउनुहोस् शनिको साढेसाती कहिले हट्दै छ ३ राशिबाट
ज्योतिष शास्त्रका अनुसार शनिको साढेसाती हरेक व्यक्तिको जीवनमा एक पटक आउँछ। यसबाहेक व्यक्तिको कुण्डलीमा शनिको अशुभ प्रभाव भएमा उसले शनिको प्रभाव अवधिमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यसतै यदि व्यक्तिको कुंडलीमा शनिको दशा सही छ भने, उसले जीवनमा सबै प्रकारका सुख सुविधा प्राप्त गर्दछ।
अहिलेको समयमा तीन राशिमा शनिको साढेसाती दशा चलिरहेको छ । अहिले शनि मकर राशिमा छन् । मकर राशिसँगै धनु र कुम्भ राशिकामा पनि शनिको साढेसातीको प्रभाव चलिरहेको छ । शनि धनु राशिमा साढेसातीको अन्तिम चरणमा छन् । यस राशिबाट शनिको प्रभाव सन २०२३ मा समाप्त हुनेछ ।
यसबाहेक मकर राशिका लागि शनिको साढेसाती दोस्रो चरण चलिरहेको छ । यस राशिबाट शनिको साढेसाती सन २०२५ मा समाप्त हुनेछ। अर्कोतर्फ कुम्भ राशिका लागि शनिको साढेसाती पहिलो चरण चलिरहेको छ । यस राशिबाट शनिको साढेसातीको प्रभाव २३ जनवरी २०२८ मा समाप्त हुनेछ।