एजेन्सी : एक्स एडल्ट स्टार मिया खलिफा(Mia Khalifa) धेरै पहिल्यै एडल्ट इन्डस्ट्रीबाट बिदा भईसकिन्। तर उनी कुनै न कुनै कारणले चर्चामा आउँछिन्। अहिले उनी आफ्नो फिगरको कारण सञ्चारमाध्यमहरुका लागि समाचारको विषय बनेकी छिन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनले राम्रो फिगर बनाउनको लागि ब्रे:_-*स्ट सर्जरी गराएकी थिईन् र त्यसको लागि लाखौँ रुपैयाँ खर्च गरेकी थिईन्।
मिया खलिफा सामाजिक सञ्जालमा निकै छिन् र उनको एउटा भिडियो भाइरल भइरहेको छ। भिडियो हेरेपछि धेरैले उनको नराम्ररी आलोचना गरेका छन्।
टिकटकमा अपलोड गरेको भाइरल भिडियोमा २८ वर्षीय अभिनेत्री मिया आफ्नी काल्पनिक छोरीसँग कुरा गरिरहेकी छिन्। छोरीले उनलाई भन्छिन् – ‘ममी, ठुली भएर म तपाई जस्तै देखिनको लागि आतुर छु।’
छोरीको कुरा जवाफ दिँदै उनी भन्छिन् – ‘ममीले स्त:_-*नको लागि १३ हजर अमेरिकी डलर(लगभग १५ लाख नेपाली रुपैयाँ) र नाकको लागि १५ हजर अमेरिकी डलर(करिब १८ लाख नेपाली रुपैयाँ ) खर्च गरेकी छिन्। यसकारण तिमीले अहिलेदेखि नै पैसा बचत गरेर राख।’
मिया खलिफाको भनाई सुनेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरु छक्क परेका छन्। सन् २०१९ मा मियाले एडल्ट इन्डस्ट्रीमा काम गरेर १२ हजार र ९ हजार अमेरिकी डलर कमाई गरेको दाबी गरेकी थिईन्।