बलिउड स्टारका फ्यानहरुलाई जब उनीहरुको एक झलक देख्न पाए भने मात्र पनि उनीहरुको दिन बन्ने गर्छ । अहिलेको सामाजिक सञ्जालको युगमा बलिउडका स्टारका फ्यानहरु उनीहरुको तस्बिर तथा भिडियोको प्रतीक्षामा रहने गर्दछन् । यसै क्रममा बलिउडको एक अभिनेत्रीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।
View this post on Instagram
तस्बिरमा उनी आफ्नी बहिनीको साथमा देखिएकी छिन् । यो तस्बिरमा दुवैलाई सोफामा बसेको देख्न सकिन्छ । तस्बिरमा बायाँ छेउमा देखिएकी युवती, जसले मल्टी कलर स्वेटर लगाएकी छिन्, उनको नाम आजको समयमा बलिउडका शीर्ष अभिनेत्रीहरूमा परेको छ । बहुरंगी स्वेटरमा देखिएकी यी युवतीलाई बलिउडको फेसनिस्ट पनि भनिन्छ ।
यति भन्दा पनि चिन्न सक्नु भएको छैन भने तस्बिरमा देखिएकी यी सानी निर्दोष केटी अरु कोही नभई अभिनेत्री सोनम कपुर र उनको साथमा बसेकी उनकी बहिनी रिया कपुरलाई पनि उनको साथमा देख्न सकिन्छ । यो तस्बिर रिया कपुरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् ।
सोनम कपुर बलिउडकी चर्चित अभिनेत्री मध्ये एक हुन् । जसले धेरै हिट फिल्ममा काम गरिसकेकी छिन् । चलचित्र ‘नीरजा’ मा उनको अभिनयलाई दर्शकले निकै रुचाएका थिए । अभिनेत्री पछिल्लो पटक ‘द जोया फ्याक्टर’ मा देखिएकी थिइन् । फिल्मले बक्स अफिसमा खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन ।