के ३८ वर्षको सम्बन्धलाई अन्त्य गर्दै श्रीमतीसँग सम्बन्ध विच्छेद गर्दै अनिल कपूर ? ३० वर्ष कान्छी कंगनासँग बिहे गर्दै

यस्ता बलिउड अभिनेता उनको जवानीलाई लिएर सधैँ चर्चामा रहने गर्दछन् । तर अहिलेको अवस्थामा अभिनेता उनको एक भनाइको कारण चर्चामा रहेका छन् । अभिनेता अनिल कपूरले एक बयानमा कंगना रनौतसँग विवाह गर्न आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गर्न सक्ने बताएका छन् । अनिल कपुरको विवाह सन १९८४ मा भएको थियो । अहिलेको समयमा अभिनेताको विवाह भएको ३८ वर्ष भइसकेको छ ।

भारतीय मिडिया रिपोर्टका अनुसार उनले आफ्नी श्रीमती सुनितालाई डिभोर्स गरेर अभिनेत्री कंगनासँग विवाह गर्न सक्ने दाबी गरिएको थियो । तर यसको पछाडिको सत्यता अर्कै छ । यी सबै हल्ला बलिउड निर्देशक करण जौहरले आयोजना गरेको ‘कफी विथ करण’ सिजन ३ बाट सार्वजनिक भएको थियो । प्राप्त जानकारी अनुसार यो एपिसोड डिसेम्बर १२, २०१० मा प्रसारण भएको थियो।

यस शोमा भाग लिनको लागि त्यस समयमा कपूरका साथै सञ्जय दत्त र कंगना रनौत पनि पुगेका थिए । सोही शोको ‘र्यापिड फायर राउण्ड’मा अनिल कपूरलाई उनी कुन महिला हुन्, जसका लागि उनले आफ्नी श्रीमतीलाई छोड्न सक्छन् भनेर सोधिएको थियो र उनले उनको नाममा मोहर लगाएका थिए । त्यस समयमा अनिल कपूरले यी सबै कुरा मजाकमा भनेका थिए ।

 

 

प्रकाशित : मङ्गलबार, पुष ०६, २०७८१५:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

टेलिभिजनको संस्कारी बुहारी (इच्छा) टिना दत्ता देखिइन् यस्तो रुपमा, तस्बिर भाइरल हुँदै !