काठमाडौँ : ज्योतिष शास्त्रमा शनिलाई सबैभन्दा क्रुर ग्रह मानिन्छ। कुण्डलीमा शनिको स्थिति गडबड भएमा जीवनमा अनेकन् समस्याहरु आइलाग्छन्। अर्कोतर्फ मङ्गलको अशुभ स्थितिले जीवनमा अमङ्गल गराउँछ। सुखी जीवनका लागि दुवै ग्रहहरु शुभ हुन् आवश्यक छ। यहीँ कारण मङ्गलबारको दिनलाई निकै विशेष मानिन्छ।
शनि र मङ्गल दुवै यस्ता ग्रह हुन्, जो सङ्कटमोचक भगवान हनुमानसँग डराउँछन्। हनुमानजीको पूजा-आराधना गर्दा र उनलाई प्रसन्न पार्ने उपाय अपनाउँदा दुवै ग्रहले शुभ फल दिन्छ। मङ्गलबारको दिन हनुमानजीको लागि समर्पित छ। यसकारण हनुमानजीको विशेष कृपा पाउने सर्वश्रेष्ठ दिन यहीँ हो।
जसमा शनिको महादशा चलिरहेको छ, कुण्डलीमा शनि या मङ्गल अशुभ स्थितिमा छ भने उनीहरुले मङ्गलबारको दिन केही उपाय अपनाउनुपर्छ। त्यसो गर्दा तिनको आर्थिक, शारीरिक, मानसिक र दाम्पत्य जीवनका समस्याहरु हट्छन्। जसको कुण्डलीमा मङ्गल दोष छ, उनीहरुले पनि मङ्गलबार हनुमानजीको पूजा गर्नुपर्छ।
आज यानी पुष ६ गते(२१ डिसेम्बर) पौष कृष्णपक्षको मंगलवारको दिन हनुमानजीको पूजा गर्नको लागि अत्यन्तै शुभ योग बनेको छ। पञ्चाङ्ग अनुसार आज पुष महिना को कृष्ण पक्ष द्वितीया तिथि हो। साथै आज पुनर्वशु नक्षत्र हो। चन्द्रमा मिथुन राशिमा विराजमान छन्। यहीँ स्थितिले ब्रह्म योग बनाईरहेको छ। यस योगलाई हनुमानजीको पूजाको लागि अत्यन्तै शुभ योग मानिन्छ। यस योगमा गरिएको पूजा धेरै गुणा फलदायी हुन्छ।